मस्को – रुसले बेलायती एयरलाइन्सलाई हवाई क्षेत्रमा प्रतिबन्ध लगाएको छ । रुसी नागरिक उड्डयन नियामकले रुसको एयरपोर्टमा अवतरण गर्न र आफ्नो हवाई क्षेत्र पार गर्न प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। रुसले यो कदम ‘बेलायतको उड्डयन अधिकारीहरूले गरेको अमित्रतापूर्ण निर्णय’को प्रतिक्रिया भएको जनाइएको छ । युक्रेनमा मस्कोको आक्रमण पछि बिहीबार बेलायतले रसियाको राष्ट्रिय एयरलाइन्स एरोफ्लोटलाई बेलायतमा […]
बेइजिङ – चीनले युक्रेन मुद्दाको राजनीतिक समाधानका लागि पहल गर्ने जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले युक्रेन मुद्दाको राजनीतिक समाधानका लागि पहल गर्ने जनाएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चीनले सधैं समसामयिक तथ्यका आधारमा आफ्नो अडान र नीति तय गर्ने गरेको उल्लेख गर्दै शान्ति र न्यायको पक्षमा चीन […]
रुसले दोस्रो दिन आक्रमण जारी राखिरहँदा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशवासीलाई सम्बोधन गर्नु भएको छ । राष्ट्रपति जेलेन्स्कीले देशबासीलाई सम्बोधन गर्दै अहिलेसम्म युद्धमा सर्वसाधारणसहित १३७ युक्रेनी मारिएको र अन्य ३१६ जना घाइते भएको बताउनु भएको छ । जेलेन्स्कीले आफू सरकारी क्वार्टरमा रहेको जानकारी गराउँदै कीभ छाड्ने कुनै मनसाय नरहेको पनि स्पष्ट पार्नु भएको छ । […]
काठमाडौं – रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेकोमा नेपालले विरोध जनाएको छ । बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कुनै पनि सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको विरोध गर्ने जनाएको हो । नेपाल सरकारले युक्रेनको घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै विज्ञप्तिमा भनीएको छ, ‘संयुक्त राष्ट्र संघको सदस्यको हैसियतमा नेपालले संयुक्त राष्ट्रको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता […]
काठमाडौं – चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले नेपाली जनतालाई सधैं झैँ आफ्नै विकासको बाटो रोज्न सहयोग गर्ने बताउनु भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै चुनयिङले अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) लाई फेब्रुअरी २८ सम्ममा अनुमोदन गर्न भन्दै ‘जर्वजस्ती कुटनीतिक’ हस्तक्षेप गरेकोमा आपत्ति जनाउनु भयो । प्रवक्ता चुनयिङले प्रश्न गर्दै भन्नु भएको छ, ‘अल्टिमेटम […]
बेइजिङ – चीनले अमेरिकी सहयोग एमसीसी पारित गर्न नेपाललाई ‘कुटनीतिक दबाब’ दिइरहेको भन्दै विरोध जनाएको छ । चीनको परराष्ट्र मन्त्रालयले बेइजिङमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई फेब्रुअरी २८ सम्ममा अनुमोदन गर्न नेपाललाई दबाब दिएको भन्दै ‘जबर्जस्ती कूटनीति’ को विरोध जनाएको हो । चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाए अनुसार चिनियाँ परराष्ट्र प्रवक्ता […]
काठमाडौँ – सुप्रसिद्ध भारतीय गायिका लता मंगेस्करको निधन भएको छ। बिहान मुम्बईको क्यान्डी अस्पतालमा ९२ वर्षीया मंगेस्करको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। २९ दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना हुनुभएको उहाँको पाँच दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो । तर, निमोनिया निको नहुँदा उहाँलाई पछिल्ला केहि दिनदेखि आइसियूमा राखेर उपचार गरिएको थियो । उहाँले ३० […]