भारतीय गायिका लता मंगेस्करको निधन

काठमाडौँ – सुप्रसिद्ध भारतीय गायिका लता मंगेस्करको निधन भएको छ। बिहान मुम्बईको क्यान्डी अस्पतालमा ९२ वर्षीया मंगेस्करको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

२९ दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना हुनुभएको उहाँको पाँच दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो । तर, निमोनिया निको नहुँदा उहाँलाई पछिल्ला केहि दिनदेखि आइसियूमा राखेर उपचार गरिएको थियो ।

उहाँले ३० हजारभन्दा बढी गीत गाएनु भएको छ। उहाँले नेपाली गीतमा पनि स्वर दिनुभएको छ। लताले नेपाली गीत ‘फूल भन्छ फूलिरहुँ।।’ गीत गाउनु भएको थियो। रामकृष्ण ढकालसँग उहाँले यो गीत गाएपछि लता नेपालमा समेच चर्चित हुनुन्थ्यो ।

उहाँ भारत रत्न, पद्म भूषण, पद्म विभूषण, दादासाहेब फाल्के अवार्ड लगायतका विशिष्ट अवार्डबाट विभूषित हुनुभएको थियो।


प्रकाशित | २३ माघ २०७८, आईतवार १२:०१