अमेरिकाले नेपालमा दिएको कुटनीतिक दबाबको प्रतिरोध गर्ने चीनको चेतावनी

बेइजिङ – चीनले अमेरिकी सहयोग एमसीसी पारित गर्न नेपाललाई ‘कुटनीतिक दबाब’ दिइरहेको भन्दै विरोध जनाएको छ । चीनको परराष्ट्र मन्त्रालयले बेइजिङमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई फेब्रुअरी २८ सम्ममा अनुमोदन गर्न नेपाललाई दबाब दिएको भन्दै ‘जबर्जस्ती कूटनीति’ को विरोध जनाएको हो ।

चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाए अनुसार चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वेनविनले अमेरिकाले नेपालसँगको सहकार्यको नाममा कुटनीतिक दबाब दिइरहेको भन्दै नेपालको छिमेकी देश र विकास साझेदार देश भएको नाताले नेपाली नागरिकले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने बताउनुभयो ।

नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्नसक्ने पनि चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वेनविनले बताउनुभएको उल्लेख छ ।

पिनले भन्नु भयो, ‘नेपालको आर्थिक विकास र जीवनस्तर सुधार्न हुने अन्तर्राष्ट्रिय सहकार्यलाई चीन स्वागत गर्छ तर, यो कदम राजनीतिक उद्देश्यले प्रेरित नभएर नेपाली नागरिकको आकांक्षामा आधारित हुनुपर्छ ।’


प्रकाशित | ६ फाल्गुन २०७८, शुक्रबार १८:४९