युक्रेनले रुसविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरेको पुष्टि

युक्रेनले हेगमा रुसविरुद्ध मुद्दा दायर गरेको पुष्टि भएको छ । युक्रेनमाथि मस्कोको आक्रमणपछि अन्तर्राष्ट्रिय अदालतमा रुसविरुद्ध मुद्दा दायर गरिएको पुष्टि भएको हो । संयुक्त राष्ट्र संघको सर्वोच्च अदालतले आइतवार युक्रेनले रसिया विरुद्ध मुद्दा दायर गरेको पुष्टि गर्दै रसियाले नरसंहार रोक्नको लागि युक्रेनमा आक्रमण गरेको रसियाको दाबी गलत भएको भन्दै न्यायाधीशहरूलाई युक्रेनको सुरक्षाका लागि ‘अस्थायी उपायहरू’ […]

९० प्रतिशत भन्दा बढी युक्रेनीहरू राष्ट्रपति जेलेन्स्कीको समर्थनमा : सर्वेक्षण

एक सर्वेक्षणले ९० प्रतिशत भन्दा बढी युक्रेनीहरू राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको समर्थनमा रहेको देखिएको छ । जुन गत वर्षको डिसेम्बरको तुलनामा तीन गुणा बढी हो । रेटिङ सोसियोलोजिकल समूहले गरेको सर्वेक्षण अनुसार ९१ प्रतिशतले जेलेन्स्कीलाई समर्थन गरेका छन् भने ६ प्रतिशतले मात्र समर्थन गरेका छैनन् भने ३ प्रतिशतले निर्णयविहीन छन् । क्रिमिया र पूर्वी युक्रेनमा विद्रोही […]

बेलारुसको सीमामा रुससँग वार्ता गर्न युक्रेन सहमत

युक्रेन (किएभ) – बेलारुसको सीमामा रुससँग वार्ता गर्न युक्रेन सहमत भएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलारुस सीमामा रुसी प्रतिनिधिमण्डलसँग वार्ता गर्न लागिएको बताउनु भएको हो । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँगको वार्तापछि विज्ञप्ति निकाल्दै वार्ता गर्न लागेको बताउनु भयो । यसअघि युक्रेनले बेलारुसमा वार्तामा बस्ने रुसको प्रस्ताव अस्वीकार गरेको थियो […]

युक्रेनबाट ३ लाख ६८ हजार नागरिकले देश छाडे

युक्रेन (किएभ) – रुसले युक्रेनमाथि आक्रमण जारी राख्दा अहिलेसम्म युक्रेनबाट देश छाड्नेको संख्या ३ लाख ६८ हजार पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यहरुले जनाएका छन् । यूएनएचसीआरका अनुसार  द्वन्द्व सुरु भएदेखि १ लाख ५० हजार भन्दा बढी मानिसहरू पोल्याण्डमा प्रवेश गरिसकेका छन् भने तीन दिनमा ४३ हजार भन्दा बढी युक्रेनीहरू रोमानिया भागेका छन् ।  युक्रेनमा ४ करोड ४० […]

बेलारुसमा वार्तामा बस्ने रुसको प्रस्ताव युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्धारा अस्वीकार

युक्रेन (किएभ) – युक्रेनले बेलारुसमा वार्तामा बस्ने रुसको प्रस्ताव अस्वीकार गरेको छ । रुसले युक्रेनसँग वार्ताका लागि आफ्नो एक प्रतिनिधिमण्डल बेलारुस पुगेको बताइरहँदा युक्रेनले वार्तामा बस्न अस्वीकार गरेको बीबीसीले जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताको प्रस्ताव अस्वीकार गर्दै बेलारुसको भूभागबाट युक्रेनमाथि आक्रमण नभएको भए मिन्स्कमा वार्ता सम्भव हुने प्रतिक्रिया दिनु भयो । साथै […]

अष्ट्रेलियाले युक्रेनलाई सैन्य सहयोग बढाउने

सिड्नी – अस्ट्रेलियाले युक्रेनलाई रुसी सेनासँग लड्न सैन्य सहयोग बढाउने भएको छ । अस्ट्रेलियाले युक्रेनलाई रुसँग लड्न हतियार आपूर्तिमा आर्थिक सहयोग गर्ने जनाएको हो । प्रधानमन्त्री स्कट मोरिसनले यो निर्णय घोषणा गर्नु अघि आइतबार बिहान सिड्नीको एक चर्चमा युक्रेनी अस्ट्रेलियालीहरूसँग सहभागि हुनु भएको थियो । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियाली सरकारले सधै सत्य र न्यायको पक्षमा उभिने […]

युक्रेनमा रहेका २ सय १९ नेपाली दुतावासको सम्पर्कमा, १ सय ५० भन्दा बढी पोल्याण्ड प्रवेश

युक्रेन (किएभ) – युक्रेनमा रहेका १ सय ५० भन्दा बढी नेपाली पोल्याण्ड प्रवेश गरेका छन् । रुसी आक्रमण जारी रहँदा युक्रेनमा रहेकामध्ये १ सय ५० भन्दा बढी नेपाली पोल्याण्ड प्रवेश गरिसकेको नेपाली दुतावासले जनाएको छ । जर्मनीस्थित नेपाली राजदुत रामकाजी खडकाका अनुसार हालसम्म २ सय १९ जना नेपाली युक्रेनको विभिन्न भागबाट सम्पर्कमा आएको र त्यसमध्ये […]