बेलारुसको सीमामा रुससँग वार्ता गर्न युक्रेन सहमत

युक्रेन (किएभ) – बेलारुसको सीमामा रुससँग वार्ता गर्न युक्रेन सहमत भएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलारुस सीमामा रुसी प्रतिनिधिमण्डलसँग वार्ता गर्न लागिएको बताउनु भएको हो ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँगको वार्तापछि विज्ञप्ति निकाल्दै वार्ता गर्न लागेको बताउनु भयो । यसअघि युक्रेनले बेलारुसमा वार्तामा बस्ने रुसको प्रस्ताव अस्वीकार गरेको थियो ।

युक्रेन बेलारुस सीमामा रुसी प्रतिनिधिमण्डलसँग बिनासर्त युक्रेनी प्रतिनिधिमण्डलले भेट्ने कुरामा सहमत भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

अलेक्जेन्डर लुकासेन्कोले बेलारुसमा भएका सबै विमान, हेलिकप्टर र क्षेप्यास्त्र युक्रेनी टोलीको यात्रा, वार्ता र फर्कँदासम्म प्रयोग नहुने जिम्मेवारी लिएको जनाइएको छ ।


प्रकाशित | १५ फाल्गुन २०७८, आईतवार २०:४८