युक्रेनबाट ३ लाख ६८ हजार नागरिकले देश छाडे

युक्रेन (किएभ) – रुसले युक्रेनमाथि आक्रमण जारी राख्दा अहिलेसम्म युक्रेनबाट देश छाड्नेको संख्या ३ लाख ६८ हजार पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यहरुले जनाएका छन् ।

यूएनएचसीआरका अनुसार  द्वन्द्व सुरु भएदेखि १ लाख ५० हजार भन्दा बढी मानिसहरू पोल्याण्डमा प्रवेश गरिसकेका छन् भने तीन दिनमा ४३ हजार भन्दा बढी युक्रेनीहरू रोमानिया भागेका छन् ।  युक्रेनमा ४ करोड ४० लाख जनसंख्या छ ।

त्यस्तै, त्यहाँ रहेका नेपालीहरु पनि छिमेकी मुलुकतर्फ जाने क्रम जारी रहेको जनाइएको छ । हालसम्म २ सय २० जना नेपाली जर्मनीस्थित नेपाली दुतावासको सम्पर्कमा आएका छन । त्यहाँ करिव ४ सय नेपाली रहेको अनुमान छ ।


प्रकाशित | १५ फाल्गुन २०७८, आईतवार १७:३०