९० प्रतिशत भन्दा बढी युक्रेनीहरू राष्ट्रपति जेलेन्स्कीको समर्थनमा : सर्वेक्षण

एक सर्वेक्षणले ९० प्रतिशत भन्दा बढी युक्रेनीहरू राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको समर्थनमा रहेको देखिएको छ । जुन गत वर्षको डिसेम्बरको तुलनामा तीन गुणा बढी हो ।

रेटिङ सोसियोलोजिकल समूहले गरेको सर्वेक्षण अनुसार ९१ प्रतिशतले जेलेन्स्कीलाई समर्थन गरेका छन् भने ६ प्रतिशतले मात्र समर्थन गरेका छैनन् भने ३ प्रतिशतले निर्णयविहीन छन् ।

क्रिमिया र पूर्वी युक्रेनमा विद्रोही नियन्त्रित क्षेत्रका बासिन्दाहरूलाई बहिष्कृत गरिएको भएता पनि युक्रेनभरका दुई हजार जनालाई प्रश्न गरिएको थियो।

युक्रेनले रुसी आक्रमणलाई पन्छाउन सक्ने सम्भावनाको बारेमा सोधीएको प्रश्नमा ७० प्रतिशतले यो सम्भव छ भन्ने जवाफ दिएका छन् ।

युक्रेनी सशस्त्र बलहरूको समर्थन पनि रुसी आक्रमण सुरु हुनु अघिदेखि नै धेरै बढेको छ।


प्रकाशित | १६ फाल्गुन २०७८, सोमबार ०७:५५