युक्रेनले रुसविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरेको पुष्टि

युक्रेनले हेगमा रुसविरुद्ध मुद्दा दायर गरेको पुष्टि भएको छ । युक्रेनमाथि मस्कोको आक्रमणपछि अन्तर्राष्ट्रिय अदालतमा रुसविरुद्ध मुद्दा दायर गरिएको पुष्टि भएको हो ।

संयुक्त राष्ट्र संघको सर्वोच्च अदालतले आइतवार युक्रेनले रसिया विरुद्ध मुद्दा दायर गरेको पुष्टि गर्दै रसियाले नरसंहार रोक्नको लागि युक्रेनमा आक्रमण गरेको रसियाको दाबी गलत भएको भन्दै न्यायाधीशहरूलाई युक्रेनको सुरक्षाका लागि ‘अस्थायी उपायहरू’ को बारेमा आदेश दिन आग्रह गरिएको जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतवार अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरेको बताउनु भएको थियो । विज्ञप्तिमा सर्वोच्च अदालतले युक्रेनको गुनासो प्राप्त भएको जनाएको हो । मुद्दाको सुनुवाइ कहिले हुन्छ भन्ने बारेमा भने खुलाइएको छैन ।


प्रकाशित | १६ फाल्गुन २०७८, सोमबार ०९:४१