म्यानमारमा जारी ओलम्पिक महिला फुटबल छनोट: भारतसँग नेपाल पराजीत

काठमाडौंः म्यानमारमा जारी ओलम्पिक महिला फुटबल छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल भारतसँग ३—१ ले पराजीत भएको छ । यो नेपालको लगातार दोस्रो हार हो । शनिबार भएको खेलमा नेपालकी कप्तान निरु थापाले एक गोल गर्नुभयो । भारतविरुद्ध पहिलो हाफमा १—१ गोलको बराबरी खेलेपनि नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो ।

खेलको छैटौं मिनेटमा सन्जुले गोल गर्दै भारतलाई अग्रता दिलाउनुभएको थियो । खेलको ६० औं मिनेटमा सन्ध्याले गोल गर्दै भारतको अग्रता २—१ को बनाउनुभयो । त्यसपछि ७८ औं मिनेटमा कप्तान अशलता देवीले पेनाल्टीमा गोल गर्दै भारतलाई ३-१ को जित दिलाउनुभयो । यसअघिको पहिलो खेलमा नेपाली टोली आयोजक म्यानमारसँग ३-१ ले पराजित भएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार इन्डोनेसियासँग खेल्नेछ ।


प्रकाशित | २३ चैत्र २०७५, शनिबार १७:४०