कोरोना संक्रमण : भ्रममा नपरौं, वास्तविकता बुझौं

डा  टेली महत –    कोरोना कुहिनोल जस्ता औषधिले निको पार्छ वास्तविकता: कुहिनोल जस्तै: हाइड्रोक्लोरोकुइन, क्लोरोकुइनले मलेरिया एसएलई तथा आर्थराइटिस जस्ता रोगको लागि काम गर्छ। कोरोनाको सन्दर्भमा हाइड्रोक्लोरोकुइन, क्लोरोकुइन अहिले पनि अध्ययनमै छ।  हालको अवस्थामा यी औषधिले न कोरोना संक्रमणबाट हुने मृत्युदर घटाएको छ न त  कोरोना निको  पारेको  पुष्टि नै भएको छ।  –    व्यायामका बेला […]

प्रेसर र सुगरका बिरामीमा आउनसक्ने जोखिम- एन्जाइना र हृदयघात

प्रविनकुमार बम जमाना इन्टरनेटको छ। कोरोनाले जनजीवन अस्तव्यस्त बनाए तापनि युट्युव, फेसबुक, टिकटक र इन्स्टाग्रामले धेरैलाई व्यस्त नै बनाइराखेका छन्। अहिलेको समयमा सबैको ध्यानाकर्षण कोभिड-१९ तर्फ केन्द्रित भएको छ। यो स्वाभाविक पनि हो। तर हामी अलि बुद्धिमान भएर सोच्ने हो भने कोरोना सँगसँगै प्रेसर र सुगर लगायत अन्य मुटु रोगहरुतर्फ पनि सबैको ध्यान जान आवश्यक […]

भ्रम वा षड्यन्त्र सिद्धान्तमा किन विश्वास गर्छ मानिस ?

डा सन्देश दाहाल  मानिस सधैँ सत्य कुरामा विश्वास गर्दैन। कति मानिसले सत्य कुरा थाहा नभएर भ्रममा विश्वास गर्छन् भने कतिले सत्य कुराको जानकारी भएर पनि विभिन्न कारणले भ्रममा विश्वास गरिरहेका हुन्छन्। विशेषगरी आममानिस महामारी, युद्ध, ठूलो सामाजिक आपराधिक घटना जस्ता संकटका बेला भ्रम फिँजाउने र भ्रममा विश्वास गर्ने कुरा व्यापक हुनजान्छ। आजकल सोसियल मिडिया आममानिसको […]

कोभिड–१९ : भ्रम र यथार्थ

डा किशोर अधिकारी चीनको वुहान प्रान्तबाट डिसेम्बर २०१९ देखि सुरु भएको कोभिड–१९ माहामारीले आज विश्व जति प्रताडित छ झन्डै त्यति नै प्रताडित गलत, तथ्यहीन, अवैज्ञानिक र मनगढन्ते सूचना तथा जानकारीको भेलबाढीले छ। केही स्वघोषित वाक चातुर्यताका धनी तर स्वास्थ्यको डिग्री डिप्लोमा रहित महामहिमले सामाजिक सञ्जालको गलत उपयोग गर्दै सोझासाझा वर्गमा एक किसिमको भ्रमको स्थिति सिर्जना […]

कोरोना महामारी : यी हुन् घरमै गर्न सकिने व्यायाम, के छन् फाइदा ?

सदीक्षा मुलेपति पूर्ण रुपमा स्वस्थ रहनका लागि शरीर, मन र आत्मा तीनै पक्षलाई ध्यान दिन आवश्यक छ। कोरोना महामारीबीच घरमै बसेर पनि स्वस्थकर जीवनशैली अपनाउन सकिन्छ। दीर्घकालीन रोगले ग्रसित र ६५ वर्षभन्दा माथिका व्यक्तिले मात्र नभई जवान स्वस्थ व्यक्तिले समेत व्यायामलाई समय दिनुपर्छ। फोन र टिभीमा मात्र समय व्यतित गर्नुको सट्टा आफ्ना बाल-बच्चालाई समेत आफूसँगै […]

युद्धका डाक्टर

समृद्धि  लामिछाने कहिले बिहानको ४/५ बजे त कहिले मध्यरातको १२/१ बजे उसले फोन गरेर ‘मेरो कोभिड ड्युटी सुरु भयो र अब म ५/६ घन्टा आइसियुमै हुन्छु, फोन उठेन भने नआत्तिनु है!’ भन्दा मन भारी हुन्छ। आँखा आँसुले भरिन्छ अनि उसले फर्किएर फोन नगरेसम्म छटपटीका साथै डर लागिरहन्छ; मानौं ऊ विश्वयुद्ध नै लड्न गएको हो र […]

सय वर्षको अन्तरालमा देखिएका विश्व-महामारी

शंकर पौडेल  मानव इतिहास सुरु भएयता मानव समुदायले थुप्रै महामारीको सामना गर्दै आएको छ। मानव समुदायको अस्तित्व नै संकटमा पर्नेगरी देखिएका केही महामारी र त्यस महामारीले सिकाएको पाठको बारेमा चर्चा गर्नु सान्दर्भिक हुनेछ। पछिल्ला ४०० वर्षको मात्र इतिहास हेर्ने हो भने प्रत्येक १०० वर्षको अन्तरालमा त्यस्ता महामारी देखिएका छन्। १.    प्लेग (१७२०)मानव इतिहासमा बिफरपछि सबैभन्दा […]