हुम्ला: हुम्लाको ताँजाकोट गाउँपालिकामा फैलिएको अज्ञात रोगका कारण आज थप एक जनाको मृत्यु भएको छ । ताँजाकोट गाउँपालिका वडा नम्बर ५ भदौरा गाउँका का ६२ बर्से पबित्रा बोहोराको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिनुभयो । गएको दुई हप्तादेखि स्थानीयमा छाति दुख्ने, ज्वरो आउने र त्यसको केही दिनमा ज्यान जाने गरेको हो । […]
हुम्ला: हुम्लामा अज्ञात रोगका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । हुम्लाको ताजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिनुभयो । गएको दुई हप्तादेखि स्थानीयमा छाति दुख्ने, ज्वरो आउने र त्यसको केही दिनमा ज्यान जाने गरेको हो । उहाँका अनुसार ज्यान जानेमा बालबालिका र वृद्धवृद्धा […]
काठमाडौं : आन्दोलनरत नेपाल चिकित्सक संघले सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएका छन् । संघले ७२ घन्टासम्म आफूहरुको माग पूरा नगरे थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । संघले आफूहरुको माग वार्ता र संवादको माध्यमबाट माग पूरा नगरे सशक्त विरोधका कार्यक्रमहरू देशभर संचालन गर्ने भन्दै सरकारलाई अल्टिमेटम दिएका हुन । संघीयताअनुसार स्वास्थ्य सेवाका कर्मचारीको […]