युएईमा ५९ प्रतिशतले जागिर परिवर्तन गर्नुको मुख्य कारण ‘तलब’ : सर्वेक्षण

सर्वेक्षणका अनुसार टेक्नोलोजी, मानव संसाधन र वित्त युएईका नागरिकहरू बीच सबैभन्दा खोजिने पेशाहरू हुन् । अबुधाबी – युएईमा जागिर बदल्नुको मुख्य कारण तलब भएको एक सर्वेक्षणले देखाएको छ । माइकल पेजको इमिरेटाइजेसन तलब र हायरिङ इनसाइट गाइडअनुसार ५९ प्रतिशत नागरिकले तलबका कारण जगिर परिवर्तन गरेका हुन । माइकल पेजले गत वर्ष १ हजार ४०० भन्दा […]

वैदेशिक रोजगारीमा जाने श्रमीकलाई विमानस्थल प्रवेशमा घण्टौ लाइन बस्नु पर्ने बाध्यता हट्यो

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुख दिइएको गुनासो आएपछि श्रम डेस्क हटाइएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गर्नुभएको हो । मन्त्री श्रेष्ठ सहित मन्त्रालयका […]

अब मलेसिया प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नु पर्दैन: स्वास्थ्यमन्त्री जमालुद्दीन

क्वालालम्पुर – मलेसिया प्रवेश गर्दा पूर्ण खोप लगाएकाले क्वारेन्टाईनमा बस्नु नपर्ने भएको छ । स्वास्थ्य मन्त्री खैरी जमालुद्दीनले पूर्ण रूपमा खोप लगाएका अन्तर्राष्ट्रिय यात्रीहरूका लागि क्वारेन्टाईनमा बस्नु नपर्ने बताए । तर खोप नलगाएकाले भने मलेसिया आइपुगेपछि पाँच दिनको क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए । मन्त्री जमालुद्दीनले भने, ‘यी यात्रुहरूका लागि नयाँ प्रोटोकलहरू हुन् जुन अप्रिल १ […]

आगामी अप्रिल १ देखि अन्तर्राष्ट्रिय सीमा खोल्ने मलेसियाको घोषणा

क्वालालम्पुर – मलेसिया सरकारले अन्तर्राष्ट्रिय सिमा नाका खुल्ला गर्ने निर्णय गरेको छ । मलेसियाका प्रधानमन्त्री इस्माइल साबरीले मंगलबार पत्रकार सम्मेलन गर्दै आगामी अप्रिल १ देखि अन्तर्राष्ट्रिय यात्रुहरूका लागि सिमाना खोल्ने घोषणा गरेका हुन । मलेसियाले दुई वर्ष पछि सिमा नाका खोल्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण मलेसियाले मार्च २०२० देखि सिमाना बन्द गर्दै […]

साउदीले कोरोना सम्बन्धी सबै प्रतिबन्धहरु हटायो, अब क्वारेन्टाइनमा बस्नु नपर्ने, पीसीआर रिपोर्ट पनि नचाहिने

रियाद– साउदी अरेबियाले कोरोना सम्बन्धी लगाइएका सबै प्रकारका प्रतिबन्धहरु हटाएको छ । साउदीले शनिबारदेखि कोरोना भाइरस महामारीसँग लड्न लगाएका प्रतिबन्धहरु हटाएको हो । आन्तरिक मन्त्रालयको एक आधिकारिक स्रोतका अनुसार साउदीमा सामाजिक दूरी कायम गर्न र बाहिर मास्क लगाउने जस्ता उपायहरू अब अनिवार्य छैन। मन्त्रालयले साउदी प्रेस एजेन्सीलाई उद्धृत गर्दै जनाए अनुसार राज्यका मस्जिदहरूमा सामाजिक दूरी […]

नेपाल एअरलाइन्सले पायो साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान अनुमति

काठमाण्डौ – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले साउदी अरेबियामा उडान अनुमति पाएको छ । आइतवार नेपाल वायु सेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएको हो । उडान अनुमति अनुसार नेपाल वायु सेवा निगमले साउदी अरवको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउने छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री […]

रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरु सुरक्षित स्थानमा

वार्सा – रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरु सुरक्षित स्थानमा पुगेका छन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा पुगेको जानकारी दिनुभयो । खडकाका अनुसार हालसम्म ४ सय ३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी, र ४ […]