नेपाल एअरलाइन्सले पायो साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान अनुमति

काठमाण्डौ – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले साउदी अरेबियामा उडान अनुमति पाएको छ । आइतवार नेपाल वायु सेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएको हो ।

उडान अनुमति अनुसार नेपाल वायु सेवा निगमले साउदी अरवको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउने छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको विशेष निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा यो उडान अनुमति प्राप्त भएको निगमले जनाएको छ ।

निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक योजना अनुरूप काठमाण्डौ–रियाद–काठमाण्डौ सेक्टरमा हप्ताको तीन वटा नियमित उडान सुरु गर्ने जनाएको छ ।


प्रकाशित | २२ फाल्गुन २०७८, आईतवार १९:४९