काठमाडौं -समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पछि पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो । यस अघि रास्वपा निरन्तर तेस्रो स्थानमा थियो । निर्वाचन आयोगको तथ्याङ्क अनुसार मध्यान्न १२:३० सम्म नेकपा माओवादी केन्द्रले आठ लाख १ हजार ३७९ मत प्राप्त गरेर तेस्रो […]
दोलखा : निर्वाचन आयोगले दोलखामा मतगणना प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको छ । नेकपा एमालेले सत्ता गठबन्धन दलले बुथ कब्जा गरेको उजुरी दिएपछि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई एक पत्र लेखि अर्को निर्देशन नआउञ्लेसम्म मतगणना कार्य अगाडि नबढाउन निर्देशन दिएको हो । मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा […]
तनहुँ: तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी निर्वाचित हुनु भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी पाँच हजार चार सय ७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको हो । भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गर्दा उहाँको निकटतम् प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले २५ हजार […]
दोलखा : मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दोलखा जिल्लामा आठ केन्द्रमा बुथ कब्जा भएको छ । बुथ कब्जा भएको वास्तविक रिपोर्ट बुझाउने मतदान अधिकृतलाई गठबन्धनका उम्मेदवारले धम्की दिन थालेका छन् । मतदानकेन्द्रमा ज्यान मार्ने समेतका धम्की दिएका गठबन्धनले जबरर्जस्ती भोट हालेपछि मतदान अधिकृतहरुले बुथ कब्जा भएको रिपोर्ट निर्वाचन आयोगमा गरेका हुन् । […]
दोलखा : नेकपा एमाले दोलखाले प्रहरी र प्रशासनको मिलेमतोमा गठबन्धन दलले निर्वाचनमा बुथ कब्जा गरेको जनाएको छ । एमालेले आज पत्रकार सम्मेलनको आयोजना गर्दै मंसिर ४ गते भएको निर्वाचनमा प्रशासनको मिलेमतोमा बुथ कब्जा गरिएको जनाएको हो । नेकपा एमाले दोलखाका अध्यक्ष एवम् प्रदेशसभाका उम्मेदवार नरबहादुर श्रेष्ठले आज बिज्ञप्ति जारी गर्दै मतदान केन्द्र रणमैदान बन्दा समेत […]
दोलखा । दोलखाको विभिन्न स्थानमा गठबन्धनले बुथ कब्जा गरेको छ । आईतबार भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनले जिल्लाका विभिन्न स्थानमा बुथ कब्जा गरेको भन्दै एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले निर्बाचन अधिकृतको कार्यालय चरिकोटमा उजुरी दर्ता गराउनु भएको हो । एमालेले बुथ कब्जा भएको ठाउँको पुनः निर्वाचनको माग समेत गरेको छ […]
दोलखा : नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले पार्टीभन्दा माथि उठेर मतदान गर्न दोलखाबासीलाई अपिल गर्नु भएको छ । मौन अवधि शूरु हुन भन्दा केहि घन्टा अघि मात्र एक विज्ञप्ती जारी गर्नुहुँदै उम्मेदवार शिवाकोटीले विकास र समृद्धि चाहने हरेक मतदातालाई पार्टीभन्दा माथि उठेर मतदान गर्न अपिल गर्नु भएको हो । ‘यो […]