तनहुँ–२ मा कांग्रेसका शंकर भण्डारी निर्वाचित

तनहुँ:  तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी निर्वाचित हुनु भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी पाँच हजार चार सय ७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको हो ।

भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गर्दा उहाँको निकटतम् प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले २५ हजार एक सय ३० मत पाउनु भयो ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले पाँच हजार तीन सय ७३, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतले एक हजार चार सय २१ मत प्राप्त गर्नुभयो ।


प्रकाशित | ७ मंसिर २०७९, बुधबार ०६:५७