दोलखाका दर्जनौ स्थानमा बुथ कब्जा, पुनः निर्वाचनको माग गर्दै एमालेले गर्यो उजुरी दर्ता

दोलखा । दोलखाको विभिन्न स्थानमा गठबन्धनले बुथ कब्जा गरेको छ । आईतबार भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनले जिल्लाका विभिन्न स्थानमा बुथ कब्जा गरेको भन्दै एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले निर्बाचन अधिकृतको कार्यालय चरिकोटमा उजुरी दर्ता गराउनु भएको हो ।

एमालेले बुथ कब्जा भएको ठाउँको पुनः निर्वाचनको माग समेत गरेको छ । शिवकोटीले मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठलाई निवेदन बुझाउनु भएको हो । उजुरीमा बैतेश्वोर माबी मतदान केन्द्र–६, वडा कार्यलय पिपलबोट मतदान केन्द्र बैतेश्वोर–१, मितदान केन्द्र मेलुङ–४ मा गठबन्धनले एकलौटी ढंगले बुथ कब्जा गरेको र पुन निर्बाचन गराउन माग गरिएको छ ।

’गठबन्धन दल, निर्वाचनमा खटिएका कर्मचारी र शान्ति सुरक्षा दिने निकायसमेतको मिलेमतोमा बुथ कब्जा गरी मतदान केन्द्र नै भयावह बनाई एकलौटी गठबन्धनको पक्षमा मत खसाएकाले निम्न निर्वाचन केन्द्रको चुनाव रद्द गरी पुन निर्वाचन गरि पाउँ’, शिवाकोटीले निवेदनमा भन्नु भएको छ ।

उता अन्य दर्जनौं ठाउँमा पनि बुथ कब्जा गरिएको भन्दै विभिन्न स्थानीय निर्वाचन अधिकृतको कार्यालयबाट उजुरी परेको छ ।


प्रकाशित | ४ मंसिर २०७९, आईतवार २०:२६