पार्टीभन्दा माथि उठेर मतदान गर्न दोलखाबासीलाई बालकृष्ण शिवाकोटीको अपिल (पूर्णपाठ)

दोलखा : नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले पार्टीभन्दा माथि उठेर मतदान गर्न दोलखाबासीलाई अपिल गर्नु भएको छ । मौन अवधि शूरु हुन भन्दा केहि घन्टा अघि मात्र एक विज्ञप्ती जारी गर्नुहुँदै उम्मेदवार शिवाकोटीले विकास र समृद्धि चाहने हरेक मतदातालाई पार्टीभन्दा माथि उठेर मतदान गर्न अपिल गर्नु भएको हो ।

‘यो पटक विकास र समृद्धि चाहने हरेक मतदाताले पार्टीभन्दा माथि उठेर मतदान गर्नुहुनेछ भन्नेमा विश्वस्त छु । म एमालेको तर्फबाट उम्मेदवार बनेपनि आम दोलखाबासीको साझा उम्मेदवार हुँ । यहाँहरुले आफ्नो अमूल्य मत खेर फाल्नुहुने छैन भन्ने मैले विश्वास लिएको छु’ , शिवाकोटीले भन्नु भएको छ ।

समस्त दोलखाबासीले हत्या हिंसा र विध्वंश गर्नेलाई नभई स्पष्ट भिजन भएको, विकासप्रेमी र आर्थिक समृद्धिमा योगदान गर्न सक्नेलाई अमूल्य मत दिई विजयी गराउने उहाँको विश्वास छ ।

शिवाकोटीले बालीनाली भित्राउने समय, भौगोलिक विकटता र निर्वाचन प्रचार प्रसारको लागि छोटो अवधि भएकाले चाहेर पनि सबैसँग भलाकुसारी गर्ने चाहना पूरा हुन नसकेको बताउँदै विभिन्न राजनीतिक दलमा आस्था राख्ने सम्पूर्ण मतदाताहरुप्रति समान स्नेह र सम्मान रहेको पनि विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।

त्यस्तै, शिवाकोटीले यसबीचमा अनेक खाले कुराहरु आउन सक्ने तर्फ सचेत रहन आग्रह गर्दै भन्नु भएको छ, ‘यहाँको घरपरिवार, वल्लो घर, पल्लो घर, माथिल्लो घर, छरछिमेक, इष्टमित्र, कुल कुटम्बबाट मंसिर ४ गतेको निर्वाचनमा सूर्य चिन्ह्रमा मतदान गर्नुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु । यहाँहरुको राय, सल्लाह सुझाव लिंदै हामी सदैव अघि बढ्ने र आवश्यकता अनुसार गाउँ घर टोलमा आएर यहाँहरुसँग निरन्तर छलफल गरिरहने नै छौ ।’

विज्ञप्तिको पूर्णपाठ

आदरणीय दोलखाबासी आमा-बुबा ,दाजु-भाई तथा दिदीबहिनीमा नमस्कार !

आदरणीय जनसमुदाय,

हामी तपाईको घर आगनीमा सँगै बसेर दुखःसुख साट्ने, समस्याहरु सुन्ने र योजना बनाउने ध्येयका साथ निस्कीएका थियौ । यो बेला बालीनाली भित्राउने समय, भौगोलिक विकटता र निर्वाचन प्रचार प्रसारको लागि छोटो अवधि भएकाले चाहेर पनि यहाँहरु सबैसँग भलाकुसारी गर्ने चाहना पूरा हुन सकेन् । यो बाध्यतालाई हजुरहरुले बुझीदिनु नै हुनेछ ।

तपाईंहरुले यो बीचमा दर्शाउनु भएको स्नेह, भरोसा र सल्लाह सुझाव मेरा लागि सँधै मार्गदर्शक हुनेछन् । सदैझै यहाँहरुको साथ, सहयोग र आर्शीवाद प्राप्त हुनेमा विश्वस्त छु । विभिन्न राजनीतिक दलमा आस्था राख्ने सम्पूर्ण मतदाताहरुप्रति हाम्रो समान स्नेह र सम्मान रहनेछ ।

यसबीचमा अनेक खाले कुराहरु आउन सक्छन्, त्यसप्रति सचेत रही यहाँको घरपरिवार, वल्लो घर, पल्लो घर, माथिल्लो घर, छरछिमेक, इष्टमित्र, कुल कुटम्बबाट मंसिर ४ गतेको निर्वाचनमा सूर्य चिन्ह्रमा मतदान गर्नुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु । यहाँहरुको राय, सल्लाह सुझाव लिंदै हामी सदैव अघि बढ्ने र आवश्यकता अनुसार गाउँ घर टोलमा आएर यहाँहरुसँग निरन्तर छलफल गरिरहने नै छौ ।

यो पटक विकास र समृद्धि चाहने हरेक मतदाताले पार्टीभन्दा माथि उठेर मतदान गर्नुहुनेछ भन्नेमा विश्वस्त छु । म एमालेको तर्फबाट उम्मेदवार बनेपनि आम दोलखाबासीको साझा उम्मेदवार हुँ । यहाँहरुले आफ्नो अमूल्य मत खेर फाल्नुहुने छैन भन्ने मैले विश्वास लिएको छु ।

अन्तःमा समस्त दोलखाबासीले हत्या र विध्वंश गर्नेलाई नभई स्पष्ट भिजन भएको, विकासप्रेमी र आर्थिक समृद्धिमा योगदान गर्न सक्नेलाई आफ्नो अमूल्य मत दिई विजयी गराईदिनुहुनेछ भन्ने मैले आसा गरेको छु । धन्यवाद !

बालकृष्ण शिवाकोटी
प्रतिनिधिसभा सदस्य उम्मेदवार
नेकपा एमाले दोलखा


प्रकाशित | १ मंसिर २०७९, बिहीबार २३:२६