समानुपातिकमा माओवादी तेस्रो स्थानमा उक्लियो,राष्ट्रिय स्वतन्त्र पार्टी चौथो

काठमाडौं -समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पछि पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो । यस अघि रास्वपा निरन्तर तेस्रो स्थानमा थियो ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार मध्यान्न १२:३० सम्म नेकपा माओवादी केन्द्रले आठ लाख १ हजार ३७९ मत प्राप्त गरेर तेस्रो स्थानमा उक्लिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ९९ हजार सात ८२ मत प्राप्त गरेर माओवादी भन्दा पछाडि परेको छ।

प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । हालसम्म एमालेले १८ लाख ९७ हजार २७ मत प्राप्त गरेको छ । कांग्रेसले १८ लाख ३ हजार ३६ मत प्राप्त गरेको छ ।


प्रकाशित | १० मंसिर २०७९, शनिबार १३:४८