दोलखामा बुथ कब्जा भएको रिपोर्ट बुझाउने मतदान अधिकृतलाई प्रतिवेदन फेर्न धम्की

दोलखा : मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दोलखा जिल्लामा आठ केन्द्रमा बुथ कब्जा भएको छ । बुथ कब्जा भएको वास्तविक रिपोर्ट बुझाउने मतदान अधिकृतलाई गठबन्धनका उम्मेदवारले धम्की दिन थालेका छन् ।

मतदानकेन्द्रमा ज्यान मार्ने समेतका धम्की दिएका गठबन्धनले जबरर्जस्ती भोट हालेपछि मतदान अधिकृतहरुले बुथ कब्जा भएको रिपोर्ट निर्वाचन आयोगमा गरेका हुन् ।

दोलखाकामा बुथ कब्जा भएपछि निर्वाचन आयोगले छानविन टोली पठाउने तयारी गरिरहेका बेला जिल्ला निर्वाचन कार्यालयलाई प्रभावमा पारी सूचना लिएर गठबन्धनका उम्मेदवारले घरघरमा पुगी अधिकृतलाई धम्की दिन थालेका हुन् ।

सही रिपोर्ट बुझाउँदा पनि उम्मेदवारले घरमै आएर थर्काउन थालेपछि देशमा कानून नभएको आभाष भएको एक अधिकृतले नाम नभन्ने सर्तमा बताए ।

निर्वाचन अधिकृतले मतपत्रमा हस्ताक्षर गर्नसमेत नभ्याउँदा गठबन्धनका कार्यकर्ताले आफैँ किर्ते हस्ताक्षर गरी मत हालेका थिए । अधिकृतहरुले यस्तो जानकारीसहित

देशभर नै ५० प्रतिशतको हाराहारीमा मत खसेका बेला कब्जा भएका ठाउँमा ९० प्रतिशत भन्दाबढी मत खसेका ठाउँको मत छानबिन गर्न पनि निर्वाचन कार्यालय आनाकानी गरिरहेको छ ।


प्रकाशित | ६ मंसिर २०७९, मंगलवार १३:०५