एनलाइटेन इन्टरनेशनल एजुकेशन द्वारा संयुक्त राज्य अमेरिका अवस्थित अर्कान्सास स्टेट युनिभर्सिटी सम्बन्धित इन्फर्मेसन सेसन सम्पन्न

काठमाडौँ -एनलाइटेन इन्टरनेशनल एजुकेशन द्वारा संयुक्त राज्य अमेरिका अवस्थित अर्कान्सास स्टेट युनिभर्सिटी सम्बन्धित इन्फर्मेसन सेसन सम्पन्न भएको छ । एनलाइटेन इन्टरनेशनल एजुकेशनले हालै संयुक्त राज्य अमेरिकामा अध्ययन गर्नको लागि इन-हाउस इन्फर्मेसन सेसनको आयोजना गरेको छ, जसमा अर्कान्सास स्टेट युनिभर्सिटीकी प्रतिनिधि टोन्या जी हस उपस्थित हुनु भएको थियो। हसले विश्वविद्यालयको शैक्षिक प्रणाली, भौतिक पूर्वाधार, भिसा प्रक्रिया, […]

स्ववियु चुनावको उम्मेदवारी दर्ता आज

काठमाडौं -स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रियाअन्तर्गत आज उम्मेदवारको मनोनयन पत्र प्रत्यक्षतर्फको र समानुपातिक तर्फको नामावली दाखिला हुँदैछ । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र प्रत्यक्षतर्फको र समानुपातिक तर्फको नामावली दाखिला गर्ने कार्यक्रम छ । साथै शनिबार नै साँझ ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित […]

प्रारम्भ एकेडेमीको डान्सिङ स्टार सिजन -१ को ग्रान्ड फिनाले सम्पन्न

काठमाडौँ -काठमाडौको कगेश्वोरी मनोहरा नगरपालिका वडा नम्बर,६ स्थित प्रारम्भ एकेडमीले फाल्गुन ४ गतेदेखि सुरू गरेको “डान्सिङ स्टार सिजन-१” को ग्रान्ड फिनाले आज सम्पन्न गरेको छ । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नारायण अधिकारीको सभापतित्वमा कार्यक्रम सम्मपन्न भएको हो। “डान्सिङ स्टार सिजन-१” को अडिसनमा करिब ५० विद्यार्थीहरूले भाग लिएकोमा ग्रान्ड फिनालेमा जुनियर र सिनियरका जम्मा ५/५ जना […]

आज पहाडी जिल्लामा आपसमा रङ खेलेर होली मनाइँदै

काठमाडौं -आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ ।

काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस

काठमाडौं -काभ्रेपलाञ्चोक केन्द्र भएर आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ८ बजेर ३ मिनेटको समयमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, उक्त जिल्लामा बिहान ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा समेत महसुस भएको छ ।

नेपालमै पहिलोपटक स्पेनको ला-टोमिटिनो फेस्टिबल आयोजना हुने

काठमाडौँ -होली पर्वकोे अवसरमा काठमाडौँमा होली महोत्सव तथा ला-टोमिटिनो फेस्टिबल आयोजना हुने भएको छ । ग्लोबल टुरिजम प्रमोसन काउन्सिलको आयोजनमा लौनचौर स्थित नेपाल स्काउट परिसरमा कार्यक्रम हुन लागेको पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ । होली पर्वलाई पर्यटक भित्राउने पर्वको रुपमा मनाउने उदेश्यले होली महोत्सव र स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिवल पनि नेपालमा मनाइने […]

कालिन्चोक गाँउपालिका वडा नम्बर ४ मा स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ -दोलखा जिल्लाको कालिन्चोक गाँउपालिका वडा नम्बर ४ मा एक दिने निःशुल्क मुटु रोग सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा कार्यालयको आयोजना र सहिद गंगालाल हस्पिटलको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा ३ सय जनाले सेवा लिएको वडाध्यक्ष दिपक खुलालले जानकारी दिनुभयो । गाँउपालिकाका अध्यक्ष अर्जुन शिवाकोटी, उपाध्यक्ष कुल बहादुर बुढाथोकी लगायतका […]