प्रारम्भ एकेडेमीको डान्सिङ स्टार सिजन -१ को ग्रान्ड फिनाले सम्पन्न

काठमाडौँ -काठमाडौको कगेश्वोरी मनोहरा नगरपालिका वडा नम्बर,६ स्थित प्रारम्भ एकेडमीले फाल्गुन ४ गतेदेखि सुरू गरेको “डान्सिङ स्टार सिजन-१” को ग्रान्ड फिनाले आज सम्पन्न गरेको छ । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नारायण अधिकारीको सभापतित्वमा कार्यक्रम सम्मपन्न भएको हो।

“डान्सिङ स्टार सिजन-१” को अडिसनमा करिब ५० विद्यार्थीहरूले भाग लिएकोमा ग्रान्ड फिनालेमा जुनियर र सिनियरका जम्मा ५/५ जना गरेर १० जना पुगेका थिए । ग्रान्ड फिनालेमा जुनियरतर्फ सङगम अधिकारी प्रथम ,अदिती बिसुन्खे द्वितीय ,नामलिङ मोक्तान तृतीय ,जेनिसा कटवाल र कृशिका खड्का सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए भने सिनियरतर्फ सृजना तामाङ प्रथम ,पृयता राई द्वितीय ,रबिना तामाङ तृतीय ,सुजिता अधिकारी र रोनिशा रोक्काले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

उक्त कार्यक्रममा निर्णायकको भुमिकामा नृत्य निर्देशक संघ नेपाल गोकर्णेश्वर नगर कमिटीका सचिव अबि वाग्ले सर र सह(कोषाध्यक्ष बिकास भारती रहनुभएको थियो भने नृत्य निर्देशक बाबु सेन्चुरी हुनुहुन्थ्यो ।

नाच मानव जीवनको एक अभिन्न अङ्ग भएकाले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने विद्यालयका एकेडेमीक डाइरेक्टर राजेश घिमिरेले बताउनु भयो ।काठमाडौको उत्तरपूर्वीय भेगको कागेश्वरी मनोहरा नगरपालिकामा अवस्थित प्रारम्भ एकेडमी एक उत्कृष्ट शैक्षिक गन्तव्य हो ।


प्रकाशित | २६ फाल्गुन २०७९, शुक्रबार २२:२५