प्रकाश महतलाई श्रद्धाञ्जली दिन नेकोसको नेतृत्व अर्घखाँचीमा

काठमाडौ -नेपाल खेलकुद महासंघको दोस्रो महाधिबेशनबाट निर्वाचित अध्यक्ष पर्शुराम बस्नेतको टोली दिवंंगत प्रकाश महतलाई समबेदना दिन अर्घखाँची पुग्नुभएको छ । महतको गत फागुन ७ गते बेलुका नेकोसको दोस्रो राष्ट्रिय सम्मेलनका बन्दशस्त्र हलबाट निस्कने क्रममा मोटरसाइकल दुर्घट्नामा परी निधन भएको थियो । नेपाल खेलकुद महासंघ अर्घखाँचीका उपसचिव तथा महाधिबेशन प्रतिनिधी स्वर्गीय महतको परिवारलाई समावेदना दिन केन्द्रीय […]

कागेश्वरी मनोहरा नगरपालिका भित्रका सहकारीलाई १५ दिनभित्र अद्यावधिक गर्न आग्रह

काठमाडौं -कागेश्वरी मनोहरा नगरपालिका भित्र रहेका सहकारी संस्थालाई १५ दिनभित्र अद्यावधिक गर्न नगरपालिकाले सूचना जारी गरेको छ। ‘कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत कार्यक्षेत्र तथा कार्यालय भइ प्रदेश अन्तर्गत दर्ता भएका विभिन्न प्रकृतिका सहकारी संस्थाहरुको विवरण अद्यावधिक गर्ने प्रयोजनका लागि तपसिल बमोजिमको ढाचामा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उल्लेख गरिएको सम्पूर्ण कागजात यस नगरपालिकाको सहकारी शाखामा […]

प्रधानमन्त्रीको कतार भ्रमण स्थगित

काठमाडौँ -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दोहा भ्रमण रद्द भएको छ । अल्पविकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन प्रधानमन्त्री फागुन १९ गते शुक्रबार कतार जाने कार्यक्रम थियो । तर राष्ट्रपतिको निर्वाचन लगायतका राजनीतिक परिस्थितिको कारण भ्रमण रद्द भएको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहाल अतिकम विकसित मुलुकहरू (एलडीसी)को सम्मेलनमा भाग लिन आउँदो शुक्रबार […]

उच्च अदालत पोखराले पल शाहलाई दियो सफाइ, भोलि रिहा हुने

काठमाडौं -अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको हो । यो फैसलासँगै पल शाह जेलमुक्त हुने भएका छन् । उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दावी नपुग्ने ठहर गरेको हो । यसअघि नवलपुर जिल्ला अदालतले […]

एमालेबाट राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङलाई बनाउने निर्णय

काठमाडौं – नेकपा एमालेले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको जानकारी दिए ।

सरकारबाट बाहिरिने राप्रपाको निर्णय,समर्थन पनि फिर्ता

काठमाडौं -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । आज बसेको कार्यसम्पादन समिति र संसदीय समितिको संयुक्त बैठकले केन्द्रदेखि प्रदेशसम्मका सरकारहरुलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । परिवर्तिन सन्दर्भमा राप्रपा सरकारमा रहनु उपयुक्त नहुने ठहर वैठकले गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं -नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान ललितपुरस्थित पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, […]