एनलाइटेन इन्टरनेशनल एजुकेशन द्वारा संयुक्त राज्य अमेरिका अवस्थित अर्कान्सास स्टेट युनिभर्सिटी सम्बन्धित इन्फर्मेसन सेसन सम्पन्न

काठमाडौँ -एनलाइटेन इन्टरनेशनल एजुकेशन द्वारा संयुक्त राज्य अमेरिका अवस्थित अर्कान्सास स्टेट युनिभर्सिटी सम्बन्धित इन्फर्मेसन सेसन सम्पन्न भएको छ ।

एनलाइटेन इन्टरनेशनल एजुकेशनले हालै संयुक्त राज्य अमेरिकामा अध्ययन गर्नको लागि इन-हाउस इन्फर्मेसन सेसनको आयोजना गरेको छ, जसमा अर्कान्सास स्टेट युनिभर्सिटीकी प्रतिनिधि टोन्या जी हस उपस्थित हुनु भएको थियो। हसले विश्वविद्यालयको शैक्षिक प्रणाली, भौतिक पूर्वाधार, भिसा प्रक्रिया, र स्नातकोत्तरका अवसरहरूको बारेमा उपयोगी जानकारी प्रदान गर्नु भयो। सत्रमा विद्यार्थीहरुको राम्रो उपस्थिति रहेको थियो र Enlighten International Education ले भविष्यमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिरहने योजना बनाएको छ ।

Enlighten International Education ले Australia, USA, UK, New Zealand, Japan र Canada जस्ता देशहरूमा केन्द्रित भएर लामो समयदेखि गुणस्तरीय शैक्षिक परामर्श सेवाहरू प्रदान गर्दै आएको छ। साथै फिजीकल र अनलाइन दुवै माध्यममा IELTS, PTE, SAT, GRE, GMAT, र JLPT लगायतका टेस्ट प्रिपेसन कक्षाहरू संचालन गरीरहेको छ।

समग्रमा,Enlighten International Education ले लामो समय देखि गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गरी हजारौ अभिभावक र बिध्यार्थीहरू लाभान्वित भएको संस्थाका सीईओ दीपक भुसालले जानकारी गराउनु भयो।


प्रकाशित | ५ चैत्र २०७९, आईतवार २०:२९