काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस

काठमाडौं -काभ्रेपलाञ्चोक केन्द्र भएर आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ८ बजेर ३ मिनेटको समयमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, उक्त जिल्लामा बिहान ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा समेत महसुस भएको छ ।


प्रकाशित | २१ फाल्गुन २०७९, आईतवार १०:०१