कालिन्चोक गाँउपालिका वडा नम्बर ४ मा स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ -दोलखा जिल्लाको कालिन्चोक गाँउपालिका वडा नम्बर ४ मा एक दिने निःशुल्क मुटु रोग सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा कार्यालयको आयोजना र सहिद गंगालाल हस्पिटलको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

शिविरमा ३ सय जनाले सेवा लिएको वडाध्यक्ष दिपक खुलालले जानकारी दिनुभयो । गाँउपालिकाका अध्यक्ष अर्जुन शिवाकोटी, उपाध्यक्ष कुल बहादुर बुढाथोकी लगायतका जनप्रतिनिधि हरुको पनि उपस्थित रहेको थियो ।

त्यस्तै आधारभुत स्वास्थ्य सेवा केन्द्र हिलेपानी ,सिविन,टुकी संघ दोलखा,जेसिस दोलखा र फ्रट सस्थाको पनि सहयोग गरेका थिए ।


प्रकाशित | १८ फाल्गुन २०७९, बिहीबार १७:०९