नेपालमै पहिलोपटक स्पेनको ला-टोमिटिनो फेस्टिबल आयोजना हुने

काठमाडौँ -होली पर्वकोे अवसरमा काठमाडौँमा होली महोत्सव तथा ला-टोमिटिनो फेस्टिबल आयोजना हुने भएको छ ।

ग्लोबल टुरिजम प्रमोसन काउन्सिलको आयोजनमा लौनचौर स्थित नेपाल स्काउट परिसरमा कार्यक्रम हुन लागेको पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ । होली पर्वलाई पर्यटक भित्राउने पर्वको रुपमा मनाउने उदेश्यले होली महोत्सव र स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिवल पनि नेपालमा मनाइने होली पर्वसँगै आयोजना गर्न लागिएको वताएको छ ।

पर्वले देशको कला,धर्म,संस्कृतिको पहिचान गर्ने र चाडपर्वलाई संरक्षण ससँगै पुस्तान्तरण गर्नुका साथै नेपाली संस्कृतिलाई विश्वसामु चिनाउने र आन्तरिक तथा बाह्य पर्यटनलाई समेतलाई टेवा पुग्ने भएकोले फागुपूर्णिमाको अवसरमा होली तथा ला-टोमिटिनो फेस्टिबल आयोजना हुन गर्न लागिएको ग्लोबल टुरिजम प्रमोसन काउन्सिलका अध्यक्ष धमेन्द्र समपकोटाले वताउनुभयो ।

त्यस्तै कार्यक्रको मुख्य प्रायोजकमा स्मिरनफ भोड्का र प्रायोजकमा नेपाल टेलिकम,टुवोर्ग वियर,करेन्ट चाउचाउ,वेभसर्भर र पेप्सी रहेका छन ।


प्रकाशित | १९ फाल्गुन २०७९, शुक्रबार १९:२८