एसी शेर्पाद्धारा एनसिसी अमेरिकाको कोभिड-१९ कोषमा ५ हजार डलर सहयोग

न्यूर्योक । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाले नेपालका कोभिड प्रभावितलाई सहयोगका लागि खोलेको कोभिड-१९ कोषमा आइसिसी सल्लाहकार एसी शेर्पाले ५ हजार अमेरिकी डलर सहयोग गर्नु भएको छ । अमेरिकाको वासिंटन राज्यस्थित सियाटल शहरको अवैतनिक महावाणिज्य दूत समेत रहनु भएको शेर्पाले एनसिसी अमेरिकाले थालेको अभियानमा ५ हजार अमेरिकी डलर सहयोग गर्नु भएको हो । […]

कोरोना नियन्त्रणमा नेपाललाई सहयोग गर्न एनआरएनएको कोरिया सरकारसँग अपिल

सियोल । नेपालको कोरोना महामारी नियन्त्रणका लागि तत्काल आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिदिन कोरिया सरकारसँग एनआरएनए कोरियाले आग्रह गरेको छ । एनआरएनए कोरियाले मातृभूमि नेपालको कोरोना महामारी नियन्त्रणका लागि तत्काल आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्न आग्रह गरेको हो । एनआरएनए कोरियाको तर्फबाट अध्यक्ष यज्ञराज सुबेदी र महासचिव डा. बिमल सुबेदीले दक्षिण कोरिया सत्तारुढ दलको प्रवासी […]

एनआरएनए कोरियामा सदस्यता भर्न छुटेकाहरुले पुनः फारम भर्न सक्ने

सौल। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको आगामी कार्यकालको लागि एमआइएस सिस्टमबाट आह्वान गरेको सदस्यता वितरण अभियानमा छुटेकाहरुले स्मार्ट एनआरएनए मोबाइल एपबाट सदस्यता फारम भर्न सक्ने भएका छन् । संघका महासचिव डा. विमल गौतमका अनुसार एनआरएनएले तोकेको मापदण्ड पूरा गरी स्मार्ट एनआरएनए मोबाइल एपबाट सदस्यता फारम भरेका र फारम भर्दै गर्दा केही […]

नेपालमा अक्सिजन प्लान्ट निर्माण गर्न एनआरएनएले थाल्यो अभियान, सहयोगका लागि अपिल

न्यूर्योक । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले संचालन गरिरहेको सहयोग संकलन अभियानमा हातेमालो गर्न सरोकारवाला सबैमा अपिल गरिएको छ। एनआरएनए आइसीसी उपाध्यक्ष सोनाम लामा, अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठी र एनसीसी अमेरिकाका अध्यक्ष सुनिल शाहले संयुक्त विज्ञप्ती जारी गर्दै सहयोगका लागि अपिल गर्नु भएको हो । जारी विज्ञप्तीमा संघले नेपालको कुनै एक […]

एनआरएनए युगान्डाद्धारा जीतपुर सिमरामा ७८ थान अक्सिजन सिलिन्डर सहयोग

सिमरा, बारा । गैर आवासीय नेपाली संघ युगान्डाले बारा जिल्लाको जीतपुर सिमरामा ७८ थान अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ ।  एनआरएनए अफ्रिका स्थित राष्ट्रिय समन्वय समितिहरुको संयुक्त सहकार्य र एनआरएनए युगान्डाको आर्थिक सहयोगमा बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकाको सिमरा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा संचालनमा ल्याइएको कोभिड आइसोलेशन र उपचार केन्द्रमा नगर […]

एनआरएनए र रोयल थाइ मोनेस्ट्रीको सहयोगमा थाइल्याण्डबाट पठाइयो २४ थान अक्सिजन कन्सन्ट्रेटर

काठमाडौँ । नेपालमा थाइल्याण्डबाट २४ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरुप प्राप्त भएको छ । रोयल थाइ मोनेस्ट्री लुम्बिनीले १७ वटा र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति थाईल्याण्डले ७ वटा गरी कुल २४ वटा अक्सिजन कन्सट्रेटर नेपाल आएको हो । नेपालबाट ११ यात्रु बोकेर आजै बैंकक गएको श्री एयरलाइन्सको स्पेशल कार्गो विमानले फर्कदा सो सामग्री […]

एनआरएनएद्धारा ५६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण

काठमाडौं । गैर आवासीय नेपाली संघले मध्यपूर्वमा रहेका गैर आवासीय नेपालीहरुले पठाएको ५६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपालको अक्सिजन संकट सामना गर्न मध्यपूर्वका गैर आवासीय नेपालीहरुले पठाएका ५६० वटा सिलिण्डर स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलाई लाई हस्तान्तरण गरिएको हो । संघका अध्यक्ष कुमार पन्तले स्वास्थ्य मन्त्री त्रिपाठीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको […]