कोरोना नियन्त्रणमा नेपाललाई सहयोग गर्न एनआरएनएको कोरिया सरकारसँग अपिल

सियोल । नेपालको कोरोना महामारी नियन्त्रणका लागि तत्काल आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिदिन कोरिया सरकारसँग एनआरएनए कोरियाले आग्रह गरेको छ । एनआरएनए कोरियाले मातृभूमि नेपालको कोरोना महामारी नियन्त्रणका लागि तत्काल आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्न आग्रह गरेको हो ।

एनआरएनए कोरियाको तर्फबाट अध्यक्ष यज्ञराज सुबेदी र महासचिव डा. बिमल सुबेदीले दक्षिण कोरिया सत्तारुढ दलको प्रवासी सरोकार तथा योजना निर्माण प्रमुख खो यङ् यिनृलाई भेट गरि आवश्यक स्वास्थ्य सामग्रीको बिवरण बुझाइएको हो ।

एनआरएन कोरियाका अध्यक्ष सुवेदीले मातृभूमि नेपालमा देखिएको कोरोना भाइरसको दोश्रो चरणको महामारी नियन्त्रणका लागि दक्षिण कोरिया सरकारको तर्फबाट आवश्यक सहयोगको अपेक्षा गर्दै सो बिषयमा आवश्यक समन्वय तथा सहजीकरण गरिदिन आग्रह गरिएको जानकारी दिनु भयो ।


प्रकाशित | १० जेष्ठ २०७८, सोमबार २०:०८