एसी शेर्पाद्धारा एनसिसी अमेरिकाको कोभिड-१९ कोषमा ५ हजार डलर सहयोग

न्यूर्योक । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाले नेपालका कोभिड प्रभावितलाई सहयोगका लागि खोलेको कोभिड-१९ कोषमा आइसिसी सल्लाहकार एसी शेर्पाले ५ हजार अमेरिकी डलर सहयोग गर्नु भएको छ ।

अमेरिकाको वासिंटन राज्यस्थित सियाटल शहरको अवैतनिक महावाणिज्य दूत समेत रहनु भएको शेर्पाले एनसिसी अमेरिकाले थालेको अभियानमा ५ हजार अमेरिकी डलर सहयोग गर्नु भएको हो । एसीले यसअघि पनि पहिलो चरणमा एनआरएनए आइसिसीले खडा गरेको कोभिड-१९ कोषमा ५ लाख आर्थिक सहयोग गर्नुभएको थियो ।

त्यस्तै, एनसिसी अमेरिकाले सञ्चालन गरेको सो अभियानमा आइसिसी उपाध्यक्ष सोनाम लामा र एनसिसी अमेरिकाका अध्यक्ष सुनील साहले ३ हजार डलर, आइसिसी सचिव गौरी राज जोशी र अमेरिकाज् क्षेत्रका पूर्व क्षेत्रीय उप-संयोजक नवीन शेरचनले १ हजार डलर सहयोग गर्नु भएको छ।

नेपालका कोभिड प्रभावितलाई एनआरएनए अमेरिकाले १ करोड २५ हजार बराबरको कुनै एक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्ने उद्देश्य राखेर सो अभियान थालेको हो । जसमा हालसम्म ९० हजार डलर भन्दा माथि सहयोग संकलन भइसकेको एनसिसी अमेरिकाका अध्यक्ष सुनील साहले जानकारी गराउनु भयो ।

GoFundMe Link:
https://gofund.me/7b9b08a3


प्रकाशित | ११ जेष्ठ २०७८, मंगलवार १२:४५