एनआरएनए र रोयल थाइ मोनेस्ट्रीको सहयोगमा थाइल्याण्डबाट पठाइयो २४ थान अक्सिजन कन्सन्ट्रेटर

काठमाडौँ । नेपालमा थाइल्याण्डबाट २४ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरुप प्राप्त भएको छ । रोयल थाइ मोनेस्ट्री लुम्बिनीले १७ वटा र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति थाईल्याण्डले ७ वटा गरी कुल २४ वटा अक्सिजन कन्सट्रेटर नेपाल आएको हो ।

नेपालबाट ११ यात्रु बोकेर आजै बैंकक गएको श्री एयरलाइन्सको स्पेशल कार्गो विमानले फर्कदा सो सामग्री काठमाडौँ आइपुगेको हो । उक्त सामग्री त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपालका लागि थाइ राजदूत भोसिता भोरासाफले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशनकुमार पोखरेललाई हस्तान्तरण गर्नुभयो । उक्त कन्सन्ट्रेटर अक्सिजनको अभाव भएका अस्पतालहरुलाई पठाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रकाशित | २ जेष्ठ २०७८, आईतवार १३:१४