टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएनए एनसिसी) जापानले आइसिसीको छुट्टा छुट्टै प्रोजेक्टको लागि रु १२ लाख आर्थिक सहयोग गरेको छ । एनसिसी जापानले पोखरा महानगरपालिकासँगको समन्वयमा एनआरएनएले बनाउन लागेको स्मार्ट शौचालयको लागि ५ लाख, मधेश प्रदेशमा मोबाइल ब्लड बस परियोजनाका लागि २ लाख र भलिबल र ब्लड कोल्ड स्टोरका लागि ५ लाख सहयोग गरेको […]
काठमाडौं : गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष कुमार पन्तले डा. शेष घले पक्षलाई बाहिर राखेर एनआरएनए बलियो बन्न नसक्ने बताउनु भएको छ । विश्व सन्देशसँगको कुराकानीमा पन्तले कुनै पनि हालतमा घलेसहितको टिमलाई समाहित गराएर एकताबद्ध गर्न सके मात्र संस्था बलियो बन्ने बताउनु भयो । ‘कुनै पनि हालतमा उहाँसहितको एनआरएनए भयो र उहाँलाई पनि यो […]
काठमाडौं : गैर आवासीय नेपाली संघका उपाध्यक्ष महेश श्रेष्ठले संस्थालाई सही दिशामा अगाडि बढाउन सहमति र सहकार्यको खाँचो औल्याउनु भएको छ । संस्थामा केहि असमझदारी र वैमनस्यताका कारण शाख गिरेको बताउँदै उपाध्यक्ष श्रेष्ठले एनआरएनएको प्रतिष्ठा फर्काउन सहमतिको खाँचो औल्याउनु भएको हो । विश्व सन्देशसँगको कुराकानीमा श्रेष्ठले वर्तमान कार्यकालमा संस्थामा तीन जना अध्यक्षसहित विभिन्न पदहरु सृजना […]
न्यूर्योक: एनआरएनए कार्यकारी अध्यक्ष रविना थापाले रवि लामिछाने बिरुद्ध सर्वोच्च अदालतले गरेको फैसलाले गैर आवासीय नेपालीलाई झस्काएको बताउनु भएको छ । न्यायालयको आदेश पालना गर्नु सबै नागरिकको कर्तब्य भए पनि सबैलाई एकै खाले मुद्दामा एउटै आदेश हुनुपर्ने बताउनुभयो । ‘हाम्रो नागरिकता सम्बन्धी हाम्रा एनआरएनएका अग्रजहरूले धेरै नै मेहेनत गर्नु भएको थियो र हामी पनि त्यही […]
काठमाडौँ : सर्वोच्च अदालतको उत्प्रेषण आदेशअनुसार रवि लामिछानेको नेपाली नागरिकता प्रकरणमा प्रतिनिधि सभा सदस्य पद खारेज भई अन्य पदबाट पनि लामिछाने वञ्चित भएपछि गैरआवासीय नेपाली सशङ्कित बनेका छन्। तर गैरआवासीय नेपालीले माग गर्दै आएको नागरिकताको अधिकार र लामिछानेविरुद्धको रिटमा भएको सर्वोच्चको आदेशको प्रकृतिमा ठूलो अन्तर रहेको छ। गैरआवासीय नेपाली सङ्घले गैरआवासीय नेपालीका लागि राजनीतिक अधिकारबिना […]
काठमाडौं: गैर आवासीय नेपाली संघका कोषाध्यक्ष सुनील साह आगामी कार्यकालको लागि अध्यक्षमा उठ्ने तयारीमा जुट्नु भएको छ । एनआरएनए अमेरिकाको निवर्तमान अध्यक्ष समेत रहनु भएको साह विश्वका विभिन्न देशका भ्रमण गर्दै नेतृत्वको तयारीमा जुट्नु भएको हो । वर्तमान कार्यसमितिको कार्यकाल सकिन ७ महिना बाँकि रहे पनि साह भने विभिन्न एनसिसीमा पुगेर एनसिसीको अवस्था, समस्या र […]
काठमाडौं : परराष्ट्रमन्त्री विमला राई पौडेलले गैरआवासीय नेपाली संघले उठाएका मुद्दालाई सम्बोधन गर्न पहल गर्ने बताउनु भएको छ । एनआरएनए प्रतिनिधिमण्डलसँगको भेटघाटको क्रममा मन्त्री पौडेलले गैरआवासीय नेपाली संघले उठाएका मुद्दालाई सम्बोधन गर्न पहल गर्ने बताउनु भएको हो । मन्त्री पौडेलले कानूनी र नीतिगत विषयमा परराष्ट्र मन्त्रालयले मात्रै नभई अन्तर मन्त्रालयगत सहकार्य, समन्वय र क्याबिनेटको भूमिका […]