रवि लामिछानेबारे सर्वोच्च अदालतको फैसलाले लाखौं गैर आवासीय नेपालीलाई झस्काएको छ : रविना थापा, अध्यक्ष

न्यूर्योक: एनआरएनए कार्यकारी अध्यक्ष रविना थापाले रवि लामिछाने बिरुद्ध सर्वोच्च अदालतले गरेको फैसलाले गैर आवासीय नेपालीलाई झस्काएको बताउनु भएको छ । न्यायालयको आदेश पालना गर्नु सबै नागरिकको कर्तब्य भए पनि सबैलाई एकै खाले मुद्दामा एउटै आदेश हुनुपर्ने बताउनुभयो ।

‘हाम्रो नागरिकता सम्बन्धी हाम्रा एनआरएनएका अग्रजहरूले धेरै नै मेहेनत गर्नु भएको थियो र हामी पनि त्यही अनुसार निरन्तर लागिपरेका छौ । हामी हाम्रो नागरिकताको निरन्तरताका लागी लडेरै भए पनि एक दिन सफलता हासील गर्ने छौ’, अध्यक्ष थापाले भन्नुभयो ।

गैर आवासीय नेपालीमा मातृभुमी प्रतीको धेरै दायित्व हुने बताउँदै अध्यक्ष थापाले नागरिकता सम्बन्धी ऐन छिटो भन्दा छिटो कार्यान्वयनका लागि जोडदार आवाज उठाउने बताउनुभयो ।


प्रकाशित | १५ माघ २०७९, आईतवार १०:४६