एनआरएनए जापानद्धारा स्मार्ट शौचालय र मोबाइल ब्लड बसका लागि १२ लाख सहयोग

टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएनए एनसिसी) जापानले आइसिसीको छुट्टा छुट्टै प्रोजेक्टको लागि रु १२ लाख आर्थिक सहयोग गरेको छ ।

एनसिसी जापानले पोखरा महानगरपालिकासँगको समन्वयमा एनआरएनएले बनाउन लागेको स्मार्ट शौचालयको लागि ५ लाख, मधेश प्रदेशमा मोबाइल ब्लड बस परियोजनाका लागि २ लाख र भलिबल र ब्लड कोल्ड स्टोरका लागि ५ लाख सहयोग गरेको हो ।

This image has an empty alt attribute; its file name is 2-1024x715.jpg

शौचालयको लागि अनुमानित बजेट करिब १ करोड रुपैयाँ रहेको छ जसमा एनआरएनएले लागतको ६० प्रतिशत योगदान गर्ने सम्झौतामा उल्लेख छ । गैर आवासीय नेपाली संघका अनुसार आर्थिक सहयोग गर्ने दाताहरुको नाम सो क्षेत्रमा सूचिकृत गरिनेछ ।

This image has an empty alt attribute; its file name is 1-1024x733.jpg

त्यस्तै, मधेश प्रदेशमा मोबाइल ब्लड बस परियोजनाका लागि सहयोग रकम संकलन हुने क्रम जारी छ । परियोजनाका संयोजक एवं आईससी कोषाध्यक्ष सुनील साहले विभिन्न एनसिसी तथा गैर आवासीय नेपालीहरुबाट रकम संकलन हुने क्रम जारी रहेकाले चाँडै यो परियोजना सम्पन्न हुने जानकारी दिनुभयो ।


प्रकाशित | २० माघ २०७९, शुक्रबार २१:१०