एनआरएनए हाँक्ने आँट कसेका सुनील साह विभिन्न देश दौडाहमा, कस्तो पाए त प्रतिक्रिया ?

काठमाडौं:  गैर आवासीय नेपाली संघका कोषाध्यक्ष सुनील साह आगामी कार्यकालको लागि अध्यक्षमा उठ्ने तयारीमा जुट्नु भएको छ । एनआरएनए अमेरिकाको निवर्तमान अध्यक्ष समेत रहनु भएको साह विश्वका विभिन्न देशका भ्रमण गर्दै नेतृत्वको तयारीमा जुट्नु भएको हो ।

वर्तमान कार्यसमितिको कार्यकाल सकिन ७ महिना बाँकि रहे पनि साह भने विभिन्न एनसिसीमा पुगेर एनसिसीको अवस्था, समस्या र आगामी नेतृत्वका लागि अन्तरक्रिर्या तथा छलफलमा जुट्नु भएको हो । एनआरएनमा २२ महिना हराउने र दुई महिना चुनाव लाग्ने प्रवृत्तिलाई अन्त्य गर्न प्रचार प्रसारलाई भन्दा कामलाई केन्द्रमा राखेर विश्वभरका एनसिसीको भ्रमण गरिरहेको साहले बताउनुभयो ।

आइसिसीको जग भनेकै एनसिसी भएको बताउँदै साहले एनआरएनएको नेतृत्वमा जान पहिला एनसिसीको अवस्था बुझ्न जरुरी ठानेर विभिन्न देशको भ्रमणसँगै त्यहाँ रहनु भएको गैर आवासीय नेपालीहरुसँग छलफल, भेटघाट र अन्तरक्रिर्या कार्यक्रम जारी राखेको बताउनुभयो ।

विशेष गरि विश्वभर छरिएर रहेका एनसिसीमाझ पुगेर साहले एनसिसीको मुद्दा, समस्या र एनआरएनको वर्तमान अवस्थाको विषयमा अन्तरक्रिर्या गर्दा एनआरएनए एनसिसीलाई नजिकबाट बुझ्ने अवसर मिलेको बताउनुभयो ।

एनआरएनए अमेरिकाको निवर्तमान अध्यक्ष साहसँग एनसिसीको तल्लो कमिटिमा काम गरेको अनुभव छ । एनसिसीलाई सशक्त र बलियो नबनाई एनआरएनए आइसिसी पनि बलीयो बनाउन नसकिने उहाँको बुझाई छ ।

साहले आइसिसी कोषाध्यक्ष भएपछि संस्थालाई आर्थिक पारदर्शी र उत्तरदायी बनाउन महत्वपूर्ण भूमीका निर्वाह गर्दै आइरहनु भएको छ ।

गैर आवासीय नेपाली संंघको अभियानमा होमिएपछि विश्वभरि रहनु भएको गैर आवासीय नेपालीहरुको अवस्था र समस्या बुझ्न सम्बन्धीत देशको भ्रमण गरेर छलफल तथा अन्तरक्रिर्यापछि मात्र यर्थात र वास्तावीक कुराको जानकारी हुने भएकाले भ्रमण गर्ने कार्य जारी राखेको साहको भनाई छ।

चुनावी तयारीकै क्रममा साहले केहि समय अघि मात्रै एसिया प्याशिफिक र मध्यपूर्वका बिभिन्न देशको भ्रमण सम्पन्न गर्नु भएको छ । साहले यसअघि यूकेसहित यूरोपका बेल्जियम, पोर्चुगल, जर्मनी, फ्रान्स, नेदरल्याण्ड्स, स्वीटजरल्याण्ड, स्पेन, डेनमार्क लगायत सबैजसो एनसिसीको भ्रमण गर्नु भएको थियो ।

कोषाध्यक्ष साहले दोस्रो चरणको भ्रमणको क्रममा एसिया प्याशिफिकका मलेसिया, कम्बोडिया, सिंगापुर, थाईल्याण्ड र मध्यपूर्वको यूएई, कतारलगायत देशको भ्रमण सम्पन्न गर्नुभएको हो । तर कोभिडका कारण तय भएको हङकङको भ्रमण भने अन्तिम समयमा स्थगीत गर्नु परेको साह बताउनुहुन्छ ।

‘मैले एसिया प्याशिफिकका चीन, मकाउ, हङकङको पनि भ्रमण गर्ने उद्देश्य लिएर गएको थिए, तर कोभिडका कारण भ्रमण स्थगीत गर्नुपर्यो’, साहले भन्नुभयो, ‘समय मिल्यो भने पुन: छुटेका देशमा भ्रमण गर्ने सोच छ ।’

भ्रमणको क्रममा सबै एनसिसीले स्वागतसँगै अन्तरक्रिया र भेटघाट कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा धेरै जसो एनसिसीबाट गैर आवासीय नेपालीहरुले भोग्नु परिरहेको श्रम सम्बन्धी समस्याहरूबारे जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।

साहले भ्रमणको क्रममा एनआरएनए मलेसियाले पीडित श्रमीकहरूको लागि ठूलो सहयोग पुर्याउँदै आएको र श्रमीक धेरै भएको देशमा एनआरएनएको आवश्यकता तथा महत्व झनै बढी महसुस गरेको बताउनुभयो ।

‘कम्बोडियामा त सन् २००९ मा पहिलो पटक एनसिसी गठन भएकोमा स्थापनापछि अहिलेसम्म कोहि पनि आइसिसी पदाधिकारी पुग्नु भएको रहेनछ’, साहले भन्नुभयो, ‘स्थापना पछि भ्रमण गर्ने पहिलो आईसीसी पदाधिकारीको भूमीका निर्वाह गर्न पाउँदा र त्यहाँ रहनु भएको नेपालीको अवस्था बुझ्न पाउँदा निकै खुसी लागेको छु ।’

साहले कम्बोडियामा अन्य देशको तुलनामा श्रमिकहरूको समस्याहरू अली फरक रहेको र कम्बोडियामा नेपाली दूतावास नहुँदा नेपाली श्रमीकले तुलनात्मक रुपमा धेरै समस्या भोग्नु परिरहेकाले सरकारको ध्यान पुग्नुपर्ने बताउनुभयो । त्यस सम्बन्धमा आइसिसीलाई त्यहाँको समस्याको जानकारी गराइसकेको पनि उहाँले बताउनुभयो ।

‘थाइल्याण्डमा बस्ने नेपालीहरुले पिएनओ कार्डको तत्काल ब्यवस्था गर्न माग गर्नु भएको छ जुन कुरा मैले आइसिसीलाई पठाएको छु’, उहाँले भन्नुभयो ।

एसिया भ्रमणको क्रममा साहलाई यूएई र कतारमा नेपाली जनसम्पर्क समिति तथा कतार मधेश प्रदेश समन्वय समितिले सम्मान गरेको थियो । भ्रमणको क्रममा कतारमा एनआरएनए एनसिसीसँगै तमु समाज र कतारमा आइसीसीका प्रवक्ता सोम सापकोटा पनि सहभागि अर्को एक छुट्टै कार्यक्रममा पनि सहभागि हुनु भएको थियो ।

साहलाई विभिन्न एनसिसी भ्रमणको क्रममा सबैबाट बहुमूल्य सुझाव प्राप्त भएको थियो भने प्रत्येक कार्यक्रममा सहभागीहरूले कोषाध्यक्षहरूले गरेको वर्तमान कार्यको प्रशंसा गर्नु भएको थियो ।

मधेश प्रदेशमा ब्लड बैंक बस परियोजनाको संयोजक समेत रहनु भएको साह अहिले सो परियोजनालाई सम्पन्न गर्न लागिपर्नु भएको छ । साथै साहले भ्रमण गर्न बाँहि देशहरुमा पनि चाँडै भ्रमण गर्ने योजना रहेको बताउनुभयो ।

May be an image of 7 people, people standing and indoor
May be an image of 10 people, people standing, people sitting and indoor
May be an image of 12 people, people standing, people sitting and indoor
May be an image of 5 people, people standing and indoor
May be an image of 7 people, people standing and suit
May be an image of 6 people, people standing and outdoors
May be an image of 11 people, people standing and indoor
May be an image of 11 people, people sitting, people standing and indoor
May be an image of 10 people, people standing, balloon and indoor
May be an image of 8 people and people standing
May be an image of 12 people, people standing, eyeglasses and indoor
May be an image of 7 people, people standing and indoor
May be an image of 9 people and people standing
May be an image of 8 people, people standing and indoor
May be an image of 3 people, people standing and indoor
May be an image of 1 person and standing
May be an image of 11 people, people standing, people sitting and indoor
May be an image of 6 people, people standing, indoor and text that says 'BOSE HAPPY NEW YEARS 2023 A Norg दान प्र नेपाल ali र्यक्रम'
May be an image of 3 people, people sitting, people standing and indoor
May be an image of 10 people, people standing and indoor
May be an image of 6 people, people standing, people sitting and indoor

प्रकाशित | ८ माघ २०७९, आईतवार २१:५५