समयमै कर बुझाउन ईट्टा व्यवसायीहरुलाई चाँगुनारायण नगरपालिकाको परिपत्र, अटेर गरे कारबाही (पत्रसहित)

भक्तपुर : चाँगुनारायण नगरपालिकाले समयमै कर बुझाउन ईट्टा व्यवसायीहरुलाई परिपत्र गरेको छ । नगरपालिका क्षेत्रमा सन्चालित अधिकांश ईटा उद्योगहरुले हालसम्म पनि कर नबुझाएको भन्दै यहि असार मसान्तसम्म कर बुझाउन ताकेता गरिएको हो । भक्तपुर ईट्टा उद्योगको नाममा गरिएको पत्राचारमा चालु आर्थिक वर्षको कर चुक्ता गर्न भनिएको छ । पत्रमा भनीएको छ, ‘भक्तपुर ई्टटा उद्योग व्यवसायी […]

सूर्यविनायकका प्रत्येक वडामा सहकारी मार्फत कम्तीमा एउटा सुपथ मुल्य पसल संचालनमा ल्याइने

भक्तपुर: सूर्यविनायक नगरपालिकाले प्रत्येक वडामा सहकारी मार्फत कम्तीमा एउटा सुपथ मुल्य पसल संचालनमा ल्याउने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रममा नगर प्रमुख बासुदेव थापाले सो कुरा उल्लेख गर्नु भएको हो । सहकारी ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम सहकारी संस्था दर्ता तथा सञ्चालित सहकारीहरुको नियमित अनुगमन र नियमन गरिने, नगरपालिका र सहकारी संस्थाबीचको […]

सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षदेखि सडक नामाकरण र घर नम्बर दिने कार्य शूरु गर्ने

भक्तपुर: सूर्यविनायक नगरपालिकाले सडकका नामाकरण र घर लम्बर दिने कार्यको थालनी गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा नगर यातायात एमटिएमपी गुरुयोजना तयार भई सकेकाले सडक नामाकरण र जिआइएसका आधारमा ब्लक छुट्टयाई घर नम्बर दिने कार्यको थालनी गर्न बजेट समेत छुट्याइएको छ । नगरपालिकाबाट घर निर्माण सम्पन्न भएको प्रमाणपत्र लिँदा प्रत्येक निजी घरधनीलाई कौशीखेतीमा […]

सूर्यविनायकमा हालसम्म पाँच हजार बढी सडक बत्ती जडान, आगामी वर्षपनि निरन्तरता दिइने, १ करोड बजेट विनियोजन

भक्तपुर: सूर्यविनायक नगरपालिकाले हालसम्म पाँच हजार भन्दा बढी सडक बत्ती जडान गरेको छ । सडकजन्य जोखिम न्यूनीकरण र सुन्दर शहर निर्माण गर्ने उद्देश्यले विगत तीन आर्थिक वर्षदेखि संचालनमा रहेको नगर प्रमुख उज्यालो कार्यक्रम अन्र्तगत हाल सम्म पाँच हजार भन्दा वढि सडक बत्ती जडान भएको हो । नगर प्रमुख बासुदवे थापाले अझै पनि सडक बत्तीको माग […]

चाँगुनारायण नगरपालिकाले प्रत्येक वडामा माटो परीक्षण केन्द्रको स्थापना गर्ने

भक्तपुर: चाँगुनारायण नगरपालिकाले प्रत्येक वडामा मटो परीक्षण केन्द्रको स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले प्रत्येक वडामा माटो परीक्षण केन्द्रको स्थापना गर्ने उल्लेख गर्नु भएको हो । नगरपालिकाले कृषितर्फ स्थानीय कृष्ति उत्पादनको प्रबद्र्धनका लागि आवश्यक कृषि सामाग्रीको उचित ब्यवस्थापन गर्ने, गुणस्तरीण् विउविजनको उत्पादन तथा उपलब्धतामा जोड दिने, […]

सूर्यविनायकका २१ हजार घरधुरी खानेपानीको पहुँचमा, आगामी वर्ष १ देखि ६ सम्मका वडाबासीलाई मेलम्चीको खानेपानी वितरण गर्ने योजना

भक्तपुर : सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षभित्र १ देखि ६ सम्मका वडाबासीलाई मेलम्चीको खानेपानीको सुविधासहित खानेपानीको पहुँचमा पुर्याउने भएको छ । नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गर्नु भएको छ । नगरपालिकामा हालसम्म २१ हजार घरधुरीमा सहज र सरल खानेपानी सुविधा प्राप्त हुदैं आएकोमा आगामी आर्थिक वर्षभित्र […]

चाँगुनारायण नगरपालिकाले ९ वटै वडालाई समेटेर धार्मिक पर्यटकीय पदमार्ग निर्माण गर्ने

भक्तपुर: चाँगुनारायण नगरपालिकाले ९ वटै वडालाई समेटेर धार्मिक पर्यटकीय पदमार्ग निर्माण गर्ने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले पर्यटकीय पदमार्ग निर्माण गर्ने नीति ल्याउनु भएको हो । नगरकोट भ्रमण वर्ष सन्र २०२४-२०२५ को पूर्व तयारीका लागि नेपाल सरकार र प्रदेश सरकारसँगको कार्यक्रम सञ्चालन गर्ने, नगरको सम्पत्तिको रुपमा रहेका भाषा, […]