समयमै कर बुझाउन ईट्टा व्यवसायीहरुलाई चाँगुनारायण नगरपालिकाको परिपत्र, अटेर गरे कारबाही (पत्रसहित)

भक्तपुर : चाँगुनारायण नगरपालिकाले समयमै कर बुझाउन ईट्टा व्यवसायीहरुलाई परिपत्र गरेको छ । नगरपालिका क्षेत्रमा सन्चालित अधिकांश ईटा उद्योगहरुले हालसम्म पनि कर नबुझाएको भन्दै यहि असार मसान्तसम्म कर बुझाउन ताकेता गरिएको हो । भक्तपुर ईट्टा उद्योगको नाममा गरिएको पत्राचारमा चालु आर्थिक वर्षको कर चुक्ता गर्न भनिएको छ ।

पत्रमा भनीएको छ, ‘भक्तपुर ई्टटा उद्योग व्यवसायी संघ मार्फत यस नगरपालिका क्षेत्रमा सन्चालनमा रहेका इट्टा भट्टाहरुले आर्थिक वर्ष २०७९ ८० नियमानुसार नगरपालिकालाई बुझाउनु पर्ने रकम अधिकांश इट्टा भट्टाहरुले बुझाउन बाँकी रहेको देखिएको हुँदा यस नगरपालिका र भक्तपुर इट्टा उद्योग व्यवसायी संघबिच भएको सम्झौता अनुसार सम्झौता पत्रमा उल्लेख भएको समय भित्र नगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण रकम दाखिलाको लागि सहजीकरण गरिदिनुहुन भनि पटक पटक पत्राचार गर्दा समेत भट्टाहरुले नगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण रकम बुझाएको नपाइएको हुँदा अबिलम्ब मिती २०८० असार मसान्त भित्र रकम बुझाउँन सहजिकरणका लागि अनुरोध छ ।’

तोकिएको समयमा पनि कर नबुझाउनेलाई कारबाही गरिने पत्रमा उल्लेख छ ।


प्रकाशित | २५ असार २०८०, सोमबार २०:५६