गण्डकी प्रदेशसभाको अधिवेशन जेठ १५ गते आह्वान

काठमाडौं : गण्डकी प्रदेशले प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन यही जेठ १५ गते आह्वान गरेको छ । जसको लागि प्रदेश प्रमुखसँग अनुरोध गर्ने गण्डकी प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको छ । अधिवेशनमा सरकारको नीति तथा कार्यक्रमका साथै आर्थिक वर्ष २०७६र७७ को बजेट पेश हुने भौतिक पूर्वाधार विकासमन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी गराउनुभयो । प्रवक्ता […]

महालक्ष्मी विकास बैंकको मैतिदेवीमा शाखा

काठमाडौं : महालक्ष्मी विकास बैंकले मैतिदेवीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । शाखा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको सभापतीत्वमा सम्पन्न् कार्यक्रममा बैँकका प्रमुखकार्यकारी अधिकृत कृष्णराज लामिछानेले, विशेष अतिथिका रुपमा मैतीदेवीका वडा अध्यक्ष दलबहादुर कार्की तथा बैंकका सञ्चालक समितिका सदस्य रुपेन्द्र पौडेल, विभिन्न कार्यालयका […]

थाई एयर एसियाले पायो थाइल्यान्डको बैङ्ककबाट नेपाल उडानका लागि अनुमती

काठमाडौं : थाई एयर एसियाले थाइल्यान्डको बैङ्ककबाट नेपाल उडानका लागि सञ्चालन अनुमति पाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले थाई एयर एसियालाई सञ्चालनको अनुमति दिएको हो । त्यस्तै, सञ्चालन अनुमति पाएसँगै थाई एयर एसियाले उडान अनुमतिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा निवेदन दिएको छ । एयरलाइन्सले बुझाएको कागजात अध्ययनपछि सुरक्षा जाँचका […]

एनएमबी र ओम डेभलपमेन्ट बैंक मर्ज हुँदै : २ महिनामा प्रक्रिया पूरा गरिसक्ने तयारी

काठमाडौं : एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक मर्ज हुने भएका छन् । जसको लागि आगामी २ महिनाभित्र मर्जर प्रक्रिया पूरा गरिसक्ने तयारी गरिएको छ । एनएमबी र ओमको मर्जर समिति संयोजकहरूले बिहीबार सम्झौता गरेर आगामी २ महिनामा मर्जर प्रक्रिया सक्ने गरी प्रक्रिया अघि वढाएका हुन् । समझदारीपत्रमा एनएमबीबाट प्रदीपराज पाण्डे र ओमबाट योगेन्द्रलाल श्रेष्ठले […]

सुनको भाउ घटयो

काठमाडौं: आज नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाली बजारमा बिहीवार छापावाला सुन प्रति तोला ६० हजार २ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघको अनुसार तेजावी सुन प्रति तोला ५९ हजार ९ सयमा कारोबार भएको छ । बिहिवार छापावाल सुन ६० हजार ७ सय र तेजाबी सुन ६० हजार ४ सयले […]

कालोसूचीमा सबैभन्दा बढी मलेसियाली रोजगादाता: रोक्का गरिएका ६७ मध्ये मलेसियाकामात्रै ५२ रोजगारदाता

गोपाल संग्रौला नेपाली श्रमिक माग गर्ने प्रमुख श्रम गन्तव्यमध्ये सबैभन्दा बढी मलेसियाका रोजगादातालाई कालोसूची (रोक्का) मा राखिएको पाइएको छ । सम्झौताअनुसार श्रमिकलाई सेवासुविधा नदिएका कारण अन्य प्रमुख श्रम गन्तव्यमध्ये सबैभन्दा बढी मलेसियाका रोजगारदाता रहेका छन् । नेपाली श्रमिक माग गर्ने मुख्य श्रम गन्तव्य कतार, साउदी अरब र यूएईमध्ये सबैभन्दा बढी मलेसियाली रोजगारदाताले नेपाली कामदारसँग गरिएको […]

एक लाखभन्दा बढीलाई ३० दिने रोजगारीको तयारी

काठमाडौं : सरकारले चालू आर्थिक वर्षमा एक लाखभन्दा बढीलाई कम्तीमा ३० दिनको रोजगारी दिने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा एक लाख छ हजार ८७२ जनालाई न्यूनतम ३० दिनको रोजगारी दिने गरी तयारी गरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् […]