एनएमबी र ओम डेभलपमेन्ट बैंक मर्ज हुँदै : २ महिनामा प्रक्रिया पूरा गरिसक्ने तयारी

काठमाडौं : एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक मर्ज हुने भएका छन् । जसको लागि आगामी २ महिनाभित्र मर्जर प्रक्रिया पूरा गरिसक्ने तयारी गरिएको छ । एनएमबी र ओमको मर्जर समिति संयोजकहरूले बिहीबार सम्झौता गरेर आगामी २ महिनामा मर्जर प्रक्रिया सक्ने गरी प्रक्रिया अघि वढाएका हुन् ।

समझदारीपत्रमा एनएमबीबाट प्रदीपराज पाण्डे र ओमबाट योगेन्द्रलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । अहिले एनएमबी बैंकको चुक्ता पुँजी ९ अर्ब ६१ करोड रूपैयाँ रहेको छ । ओमको २ अर्ब ५१ करोड रूपैयाँ छ । मर्जर पछिको बैंकको पुँजी तथा सञ्चित कोष २० अर्ब ४२ करोड रूपैयाँ पुग्नेछ । हाल एनएमबी बैंकका शाखा कार्यालय ११० वटा र ओमका ५३ वटा छन् ।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार १५:५४