सुनको भाउ घटयो

काठमाडौं: आज नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाली बजारमा बिहीवार छापावाला सुन प्रति तोला ६० हजार २ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघको अनुसार तेजावी सुन प्रति तोला ५९ हजार ९ सयमा कारोबार भएको छ । बिहिवार छापावाल सुन ६० हजार ७ सय र तेजाबी सुन ६० हजार ४ सयले करोबार भएको थियो । छापावाल र तेजावी सुन प्रति तोलामा आज ५ सय रुपैयाले घटेको छ । चादी भने शुक्रवार प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको हो ।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार १४:२२