हल्लाको पछि नलागौं, अब लकडाउन हुँदैनः स्वास्थ्य मन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले हल्लाको पछि नलाग्न आग्रह गर्नुहुँदै उपत्यकामा अब लकडाउन नहुने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) का पदाधिकारीहरुसँगको भेटमा मन्त्री ढकालले अब लकडाउन नहुने र हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । भेटमा एनबीआईका अधिकारीहरुले उद्योग व्यवसाय धरासायी भएको भन्दै लकडाउन नगर्न सुझाव दिएका थिए । सोही […]

मन्त्रिपरिषद्का १० वटा महत्वपूर्ण निर्णयहरु यस्ता छन् (सूचीसहित)

काठमाडौ। मन्त्रिपरिषद्ले बिहीबार गरेका १० वटा महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरिएको छ । परराष्ट्र तथा सरकारका प्रवक्ता प्रदिप कुमार ज्ञवालीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आजका मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।

नेपालीको लागि इजरायलको श्रम बजार खुला

काठमाडौँ । नेपालीको रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मानिने इजरायलको श्रम बजार खुला भएको छ । नेपाल र इजरायलबीच श्रम सम्झौता भएसँगै विशिष्ट सीप भएका नेपालीका लागि इजरायलको श्रम बजार खुला भएको हो । नेपाली राजदूत डा. अञ्जान शाक्य र इजरायलका विदेशमन्त्री गाबी आस्खेनाजीबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली श्रमिकको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’मा बुधबार हस्ताक्षर […]

यो वर्ष दशैँको टीकाको उत्तम साइत बिहान १०ः१९ बजे

काठमाडौ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । जसमा यो वर्ष दशैँको टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा परेको जनाएको छ । यो वर्ष दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । समितिका अनुसार नौ रात १० दिन पूजा गरिएको […]

उपत्यकामा ९४३ सहित १ हजार ९११ कोरोना संक्रमित थपिए, ११ को मृत्यु

काठमाडौं : नेपालमा अहिलेसम्मकै उच्च १ हजार ९११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार ४४४ जनाको नमुना जाँचमा १ हजार ९११ जनामा संक्रमण देखिएको हो। योसँगै संक्रमितको कुल संख्या ७९ हजार ७२७ पुगेको छ। पछिल्लो २४ घण्टामा ९६१ जना डिस्चार्ज भएका […]

अमेरिकी राजदुतमा डा.युवराज खतिवडा नियुक्त

काठमाडौं । सरकारले अमेरिकाको लागि नेपाली राजदूतमा युवराज खतिवडालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेको हो । खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समेत हुनुहुन्छ । त्यस्तै, सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त […]

आजदेखि नियमित अन्तर्राष्ट्रिय उडान थप, कात्तिक ८ गते सम्मका लागि उडान तालिका सार्वजनिक

काठमाडौं । सरकारले आजदेखि नियमित उडान थपेको छ । विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन उडान थप गरिएको हो । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले आजदेखि कात्तिक ८ गते सम्मका लागि नियमित उडानको तालिका सार्वजनिक गरिएको जानकारी गराउनुभयो । २४ दिनमा नेपालका लागि १४ विमान कम्पनीले ९९ वटा नियमित अन्तर्राष्ट्रिय उडान भर्नेछन्। नेपाल एयरलाइन्सले हप्तामा हङकङबाट […]