अमेरिकी राजदुतमा डा.युवराज खतिवडा नियुक्त

काठमाडौं । सरकारले अमेरिकाको लागि नेपाली राजदूतमा युवराज खतिवडालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेको हो । खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समेत हुनुहुन्छ ।

त्यस्तै, सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले जानकारी गराए।

त्यसैगरी, मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको समेत तीन मन्त्रीले बताए ।


प्रकाशित | १५ आश्विन २०७७, बिहीबार ११:४५