नेपालमा एकै दिन ३ हजार ४३९ कोरोना संक्रमित थपिए,१५ को मृत्यु

काठमाडौं : नेपालमा एकै दिन३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १४ हजार २ सय ९ जनाको पिसिआर परीक्षण गर्दा ३४३९ जनालाई संक्रमण देखिएको जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा १ हजार १ सय २६ जना […]

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक (सूचीसहित)

काठमाडौँ : सरकारले गत असोज १९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज आयोजित पत्रकार सम्मेलन गरी उक्त मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्नुभएको हो । यस्ता छन् मन्त्रीपरिषद् बैठक:-

काठमाडौं ओहोरदोहोर नगर्न र ज्येष्ठ नागरिकको सुरक्षालाई ध्यानमा राखेर दशैँ मनाउन सरकारको अपिल

काठमाडौँ । सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाको उच्च जोखिममा ज्येष्ठ नागरिक रहेको भन्दै दसैं मनाउँदा ज्येष्ठ नागरिकको सुरक्षालाई ध्यान दिएर मनाउन आग्रह गर्नुभएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनीक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञवालीले ज्येष्ठ नागरिकलाई कोरोना संक्रमणको जोखिम हुनसक्ने भएकाले सचेत रहन आग्रह गर्नुभएको हो । ज्ञवालीले भन्नुभयो, ‘चाडबाडहरुको याम नजिक […]

कटुञ्जेमा अस्पताल बनाउन केही स्वार्थ बोकेका व्यक्तिहरुले रोकेको भन्दै महेश बस्नेत आक्रोशित

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कुटुञ्जेमा खेर गएको जमिनमा मानव अंग प्रत्यारोपण अस्पताल बनाउने प्रकृया अघि बढेकोमा केही स्वार्थ बोकेका व्यक्तिहरुले गणेशमानको शालिक भनि रोकेर राखेकोप्रति आक्रोस व्यक्त गर्नुभएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित चुख्खु खोलामा ट्रस पुलको शिलान्यास गर्नुहुँदै सांसद बस्नेतले गणेशमान […]

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी राख्ने प्रस्ताव दुई तिहाईले पारित

प्रस्तावको पक्षमा ६९ मत, विपक्षमा १३ मत बुटवल : प्रदेश नं ५ को प्रदेश सभा बैठकले राजधानी दाङको देउखुरी (भालुवाङ) र नाम लुम्बिनी राख्ने निर्णय दुई तिहाईले पारित गरेको छ । आज प्रदेश सभामा प्रदेशको स्थायी राजधानीको सम्बन्धमा गरिएको प्रस्तावमाथि मतदान हुँदा प्रस्तावको पक्षमा दुई तिहाई मत परेको हो । प्रस्तावको पक्षमा ६९ मत पर्दा […]

नेपालमा एकै दिन २ हजार ३४० कोरोना संक्रमित डिस्चार्ज, १ हजार ५५१ थपिए

काठमाडौं : नेपालमा एकै दिन २ हजार ३४० कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म ६७ हजार ५४२ जना संक्रमित डिस्चार्ज भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५१ नयाँ संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका […]

नेकपा सचिवालय बैठक बस्दै, मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल हुने

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने भएको छ । पटकपटक स्थगित हुँदै आएको बैठक आज बस्न लागेको हो । बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाउनेबारे छलफल हुने जनाइएको छ । यस्तै मन्त्रिपरिषद् पुनर्गठनको विषयमा पनि छलफल हुनेछ । हिजो पार्टीका दुई अध्यक्ष […]