दशैँका लागि खसीबोका र च्याङ्ग्रा घटस्थापनाभित्रै काठमाडौँमा ल्याइने

काठमाडौँ । आगामी दशैँका लागि नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका तथा च्याङ्ग्रा किन्ने तयारी थालेको छ । खाद्य कम्पनीका प्रवक्ता शर्मिला सुवेदीले घटस्थापनाभित्रै काठमाडौँमा च्याङ्ग्रा र खसीबोका ल्याउने गरी तयारी थालेको जानकारी दिनुभयो । त्यसका लागि कम्पनीले ढुवानी प्रस्ताव आह्वान गरेको छ । उहाँले तत्काल एक हजार च्याङ्ग्रा ढुवानीका लागि प्रस्ताव गरिएको र […]

काठमाडौं उपत्यकामा ८०९ सहित १ हजार ५७३ कोरोना संक्रमित थपिए, १० को मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार १२३ नमुना परिक्षणमध्ये १ हजार ५७३ जनामा संक्रमण देखिएको हो। योसँगै संक्रमितको कुल संख्या ७३ हजार ३९४ पुगेको छ। पछिल्लो २४ घण्टामा ८८५ जना डिस्चार्ज भएका […]

खर्कमै बित्यो आधा शताब्दी

चुवाखोला (हुम्ला) । माथिल्लो हुम्लाका हिमाली क्षेत्रका बासिन्दा ४५ देखि ५५ वर्षसम्म चौँरी तथा पालुवा पशुको खर्कमा बस्ने गरेको पाइएको छ । खर्कमा बस्ने मानिसलाई स्थानीय बोलीचालीमा खर्काला लाग्ने भनिन्छ । घरको एक जना मानिस चुवाखोला क्षेत्रमा खर्कालाका रूपमा बस्नैपर्ने भएपछि उहाँहरूको दैनिकी यसरी बित्दै आएको छ । उहाँहरूको आधा शताब्दी खर्कमै बितेको छ । सिमकोट गाउँपालिका–१, दोजामकी नाथेर्मा लामा […]

नेपालमा १ हजार २०७ कोरोना संक्रमित थपिए, १ हजार १४७ डिस्चार्च

काठमाडौं : नेपालमा थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ६ हजार ३३१ जना क्वारेन्टाइनमा छन्। हाल देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित छन् भने यीमध्ये ७ हजार ८३३ संस्थागत आइसोलेसनमा छन्। होम […]

आजबाट मौसममा क्रमिक रुपमा सुधार हुने पूर्वानुमान

काठमाडौं । केही दिनदेखि परेको लगातारको झरी आजदेखि भने कम भई मौसम खुल्दै जाने मौसमविदले जनाएका छन् । बङ्गालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले आजदेखि मौसममा सुधार आउने देखिएको मौसम पूर्वानुमानन महाशाखाले जनाएको छ । भारतको छत्तीसगढको उत्तर पश्चिम हुँदै भारतकै मध्यप्रदेशको पूर्वी क्षेत्रमा विकसित भएको न्यूनचापीय क्षेत्रले नेपालमा मनसुन सक्रिय गराएको थियो । केही […]

असुरक्षित गर्भपतन कायमै

काठमाडौँ । सुरक्षित गर्भ पतन सेवाले मान्यता पाएको १८ वर्ष भए पनि आवश्यक पर्ने महिलाको पहुुँचमा यो सेवा अझै पुुग्न सकेको छैन । १८ वर्षअघि असोज १० को मुलुकी ऐनको ११औँ संशोधनमार्फत गर्भ पतन गराउनुपर्ने आवश्यकता भएका महिलाले यस्तो सेवा लिन पाउने कानुनी मान्यता प्राप्त भएको थियो । त्यसभन्दा अघि गर्भ पतन गराएमा कारागार सजाय […]

एसिड आक्रमण गर्नेलाई अब २० वर्षसम्म कैद र १० लाख रुपियाँ जरिवाना

काठमाडौँ । सरकारले एसिड आक्रमणको कसुरमा दोब्बरभन्दा बढी कैद सजाय बढाएर नयाँ अध्यादेश सिफारिस गरेको छ । हाल कम्तीमा तीनदेखि आठ वर्षको सजाय बढाएर २० वर्षसम्म पु¥याइएको छ । एसिड आक्रमणबाट कसैको मृत्यु भएमा ज्यान मारे सरहको सजाय हुनेछ । आक्रमणबाट अनुहार तथा शरीरका कुनै पनि भागमा पूर्ण क्षति भएमा २० वर्षसम्म कैद र १० […]