यो वर्ष दशैँको टीकाको उत्तम साइत बिहान १०ः१९ बजे

काठमाडौ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । जसमा यो वर्ष दशैँको टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा परेको जनाएको छ । यो वर्ष दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ ।

समितिका अनुसार नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०ः११ बजेको साइत शुभ रहेको र विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०ः१९ बजेको साइत उत्तम छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ ।


प्रकाशित | १५ आश्विन २०७७, बिहीबार १८:४९