उपत्यकामा ९४३ सहित १ हजार ९११ कोरोना संक्रमित थपिए, ११ को मृत्यु

काठमाडौं : नेपालमा अहिलेसम्मकै उच्च १ हजार ९११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार ४४४ जनाको नमुना जाँचमा १ हजार ९११ जनामा संक्रमण देखिएको हो। योसँगै संक्रमितको कुल संख्या ७९ हजार ७२७ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९६१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ। हाल देशभर ५ हजार ७७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ । होम आइसोलेशनमा ११ हजार ६९ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १० हजार ७६१ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

उपत्यकामा ९४३ थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनालाई कोरोना संक्रमण देखिएको छ।

उपत्यकामा कोराना संक्रमितको संख्या २५ हजार १०३ पुगेको छ। काठमाडौंमा २० हजार ३९३, ललितपुरमा २ हजार ५२५ र भक्तपुरमा २ हजार १८५ संक्रमित पुगेका छन्।

थप ११ को मृत्यु

नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय नाघेको छ। गत २४ घण्टामा मात्र ११ जना मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ९ पुगेको छ। ६ वटा जिल्लाका १ महिला र १० पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सुनसरीमा ५६, ५० र २७, काठमाडौंमा ७८ र ६८, भक्तपुरमा ६८, ललितपुरमा ४८ वर्षीय पुरुषको मृत्यु भएको छ। बाँकेमा ३४ वर्षीया महिला, रुपन्देहीमा ८०, ५५ र ४२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।


प्रकाशित | १५ आश्विन २०७७, बिहीबार १६:५७