नेपालमा एकै दिन २ हजार ३४० कोरोना संक्रमित डिस्चार्ज, १ हजार ५५१ थपिए

काठमाडौं : नेपालमा एकै दिन २ हजार ३४० कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म ६७ हजार ५४२ जना संक्रमित डिस्चार्ज भएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५१ नयाँ संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको ११ हजार ४७ जनाको पिपिसआर परीक्षणमा १ हजार ५५१ जनामा कोरोना पोजिटिभ देखिएको हो । हाल देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित छन्।

उपत्यकामा १ हजार १७ थपिए

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १०१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ र ललितपुरमा ११८ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी गराउनुभयो । उपत्यकामा कोराना संक्रमितको संख्या ३२ हजार ६५ पुगेको छ।


प्रकाशित | २० आश्विन २०७७, मंगलवार १६:३१