नेपाल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थान ओगट्न सफल

काठमाडौं: अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नयाँ वरीयतामा नेपालले एसोसियट क्रिकेटको शीर्षस्थान ओगट्न सफल भएको छ । नेपाल एसोसियटको शीर्ष वरियतामा दोस्रो पटक अटाएको हो ।

नेपाल वरियतामा मात्र ११ टेष्ट राष्ट्र भन्दा पछि छ । नेपालले टेष्ट राष्ट्र आयरल्याण्डलाई समेत पछि पारेको छ । नेपालले विश्व वरियतामा १२ औं स्थान पाएको छ । आयरल्याण्ड १५ औं स्थानमा छ ।

नेपाल पछिल्लो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा मात्र १ खेलमा पराजित भएको छ । नेपाल दुई महिनाअघि ओमानमा भएको टी-ट्वान्टी विश्वकप छनोटमा एक खेल हार्दै सुनौलो मौका गुमाएको थियो ।

लगत्तै नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा अपराजित रहँदै उपाधि उचालेको थियो । नेपालले पपुवा न्युगिनी र मलेसियालाई पराजित गर्दै उपाधि उचालेको थियो ।

टी-ट्वान्टी अन्तर्राष्ट्रियको वरीयतामा भारत पहिलो स्थानमा छ । दोस्रो स्थानमा इंग्ल्यान्ड रहेको छ ।


प्रकाशित | २७ चैत्र २०७८, आईतवार १९:०१