प्रथम एनआरएनए राष्ट्रिय कराते प्रतियोगिता औपचारिक रुपमा सुरु

काठमाडौं:  गैर आवासीय नेपाली संघ एनआरएनए स्पोर्टस् एकेडेमीको आयोजनामा भएको ‘प्रथम एनआरएनए राष्ट्रिय कराते च्याम्पियनसिप २०२२’ प्रतियोगिता औपचारिक रुपमा सुरु भएको छ।

प्रतियोगिता युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले उद्घाटन गर्नु भएको हो । कार्यक्रममा बोल्नुहुँदै मन्त्री गहतराजले एनआरएनएले प्रथम कराते प्रतियोगिता सञ्चालन गरी नेपाल भित्र र नेपाल बाहिर रहेका नेपालीलाई एकठाउँमा जोड्ने प्रयास गरेकोमा धन्यबाद दिनु भयो ।

गैर आवासीय नेपालीलाई संविधानको मर्म अनुसार आर्थिक , सामाजिक र नागरिकता कानुनी संशोधन गरिसकेको र  राष्ट्रपतिद्वारा प्रमाणित गर्न बाँकी रहेको बताउनुभयो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंक लाल घिसिङले एनआरएनएले खेलकुद प्रति दिएको सदासयता, विदेशमा रहेका नेपालीहरुको प्रतिभा खेलकुदको माध्यमबाट नेपाल संग जोड्ने भूमिका प्रति मुक्तकण्ठले प्रशंसा गर्नु भयो ।

गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले नेपाल नेपाल भित्र मात्रै सिमित नभई संसारभर फैलिसकेको र संसारभर रहेका नेपालीहरू एकताबद्ध बनाउन खेलकुद  प्रमुख माध्यम भएकाले गैर आवासीय नेपाली संघको सदैव साथ समर्थन रहने प्रतिबद्धता जनाउनुभयो ।

एनआरएनए अध्यक्ष रविना थापाले एनआरएन नेपालको खेलकुदको विकासको लागि सधैं तयार रहेको बताउनु भयो।

कार्यक्रममा  बिपी प्रतिष्ठानका उपाध्यक्ष एबं विदेश विभाग प्रमुख दिनेश राई, एनआरएनए उपाध्यक्ष डी बि क्षेत्री, सचिव प्रविण गुरुङ, एनआरएनए नवौं राष्ट्रिय खेलकुदका संयोजक तथा एनआरएनए मध्यपूर्व संयोजक मनोज कुमार गोर्खाली , युरोप संयोजक सन्तोष भट्टराई , एनआरएनए एशिया प्यासिफिक सदस्य सचिव प्रदीप न्यौपाने, एनआरएनए कार्यकारी निर्देशक रवि किरण अधिकारी लगायत एनआरएनए अभियन्ताहरुको सहभागिता थियो ।


प्रकाशित | २४ भाद्र २०७९, शुक्रबार २२:०४