भक्तपुर । सूर्यविनायक नगरपालिकाको आयोजनामा दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगीता भब्य रुपमा शूरु भएको छ । नगरपालिकाले यो वर्षदेखि शैक्षीक क्यालेन्डरमै राखेर दसै र तिहारको बिदाको उपयोग गरि प्रतियोगिता आयोजना गरेको हो । सूर्यविनायक नगरपालिका १० नंं वडास्थित संकटा खेल मैदानमा आयोजित एक समारोहका बीच बुधबार नगर प्रमुख बासुदेव थापाले प्रतियोगीताको औपचारिक रुपमा उद्घाटन गर्नुभयो […]
काठमाडौं : जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा कार्तिक १७ गते शुक्रवार राति गएको भूकम्पबाट प्रभावितहरुलाई गैर आवासीय नेपाली संघले राहत सामग्री हस्तान्तरण गरेको छ । गैर आवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा जाजरकोटको बगान गाउँमा पुगेको टोलीले त्यहाँस्थित भूकम्प प्रभावितहरुलाई प्रत्यक्ष भेटेर राहत सामग्री हस्तान्तरण गरेको हो । राहत सामग्री वितरण गर्दै […]
काठमाडौं: काठमाडौ उपत्यका मेयर्स फोरमले भूकम्प प्रभावीतलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । ललितपुर महानगरको सभाहलमा आइतबार बसेको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावीतलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको हो ।
काठमाडौं: गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक क्षेत्रीय समितिले आपत् विपत् सहयोग कोषको स्थापना गर्ने भएको छ। एसिया प्यासिफिक क्षेत्रको शनिबार एनसिसीका अध्यक्षसहित बसेको बैठकले आगामी दुईवर्षे कार्यकालको मुख्य योजना अन्तर्गत कोष स्थापना गर्ने निर्णय गरेको हो। छिटो र छरितो रूपमा पीडितहरुलाई राहतको महशुस हुने गरी सहयोग प्रदान गर्नको लागि कोषको अपरिहार्यता देखिएकोले एसिया प्यासिफिक […]
काठमाडौ: गैर आवासीय नेपाली संघले जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा राहत तथा उद्धारका लागि १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ । अन्तर्राष्ट्रिय समन्वय परिषद्को आजको आकस्मिक बैठकले १० लाख रुपैयाँ तत्काल सरकारको राहत कोषमा उपलब्ध गराउने र बाँकी १ करोडको राहतका सामाग्री लिएर आजै प्रभावित स्थानमा जाने निर्णय गरेको हो […]
काठमाडौं : गैर आवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले निर्वाचनमा धाँधली भएको प्रमाणीत भएमा पद त्याग्न तयार रहेको बताउनु भएको छ । सञ्चारकर्मीसँगको कुराकानीमा डा. केसीले एनआरएनए निर्वाचनमा कही कतै धाँधली भएको प्रमाणीत भएमा पद त्याग्न तयार रहेको बताउनु भएको हो । आफू अध्यक्षमा विजयी भएसँगै निर्वाचनका सवालमा उठेका प्रश्नको सम्बोधनका लागि एक विज्ञ […]
काठमाडौं: गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व उपाध्यक्ष तथा नेपाली नागरिकता निरन्तरता कार्यदलका संयोजक सोनाम लामाले नेपालमा लगानी, सिप भित्राउन चाहने, आफ्ना सन्तान नेपाल गएर मातृभूमिसँग जोडिउन् भन्ने चाहने हरेक गैर आवासीय नेपालीले नागरिकता लिनुपर्नेमा जोड दिनु भएको छ । गैर आवासीय नागरिकता कार्यान्वयनमा आएपछि लामाले अलमलनमा नपरी नागरिकता लिनुपर्ने बताउनु भएको हो […]