छानबीनको लागि प्रतिनिधि पठाउनुस्, निर्वाचनमा धाँधली भएको प्रमाणीत भएमा पद त्याग्न तयार छु: डा. बद्री केसी

काठमाडौं : गैर आवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले निर्वाचनमा धाँधली भएको प्रमाणीत भएमा पद त्याग्न तयार रहेको बताउनु भएको छ । सञ्चारकर्मीसँगको कुराकानीमा डा. केसीले एनआरएनए निर्वाचनमा कही कतै धाँधली भएको प्रमाणीत भएमा पद त्याग्न तयार रहेको बताउनु भएको हो ।

आफू अध्यक्षमा विजयी भएसँगै निर्वाचनका सवालमा उठेका प्रश्नको सम्बोधनका लागि एक विज्ञ कमिटि गठन गर्न आग्रह गरेको र कमिटि गठनका लागि उपविजेताहरुलाई पत्र पठाउँदा पनि अहिलेसम्म प्रतिनिधि नपठाएको बताउनुभयो ।

‘दुवै जना अध्यक्षका उपविजेताहरुलाई पत्र नै लेखेर निर्वाचनमा धाँधली भएको छ भने छानबीनका लागि एक विज्ञ कमिटि गठन गर्न तयार छु । एक/एक जना विज्ञ प्रतिनिधि पठाउनुस् भन्दा पनि प्रतिनिधि पठाउनु भएको छैन’, उहाँले भननुभयो ।

डा. केसीले आफूले उपविजेताद्धय महेश कुमार श्रेष्ठ र राजेन्द्र कुमार शर्मालाई छुट्टा छुट्टै भेटेर पनि छानबीन समितिका लागि प्रतिनिधि पठाउन आग्रह गरेको बताउनुभयो । निर्वाचनको क्रममा छानबीन गर्दा कही कतै गल्ती भएको प्रमाणीत भएको खण्डमा पदमा त्याग्न तयार रहे पनि विना लजीक हल्लाको पछि लाग्नुको भने कुनै अर्थ नरहेको उहाँले बताउनुभयो ।

‘यो निर्वाचनलाई अवैधानीक ठहर गर्ने आधार खोजौ । चुनाव हारियो पुनः निर्वाचन गरौ भन्ने तर्क मिलेन । आज मात्र परराष्ट मन्त्रीसँग भेट भएको थियो । उहाँले एनआरएनए स्वतन्त्र संस्था भएकाले विधि, विधान र नियमसंगत चल्नुस् नभए अदालतको बाटो खुल्ला छ । विधीसम्मत जो आउनुहुन्छ, स्वागत छ भन्नु भएको छ’, डा. केसीेले भन्नुभयो ।

उहाँले सर्वसम्मत निर्णय गरेर निर्वाचन समिति र अनलाईन कम्पनी भेरो छनौट गरिएको बताउँदै अन्तिम निर्णय आउँदा केहि क्रुटि भएकोमा पछि सच्याएर नतिजा सार्वजनीक गरिदा पनि बखेडा झिक्नु गलत भएको बताउनुभयो । चुनावमा गएपछि नतिजा आफ्नो पक्षमा नआउँदैमा समानान्तर कमिटि गठन गर्नु प्रजातान्त्रीक पद्धतिको मूल्य मान्यता विपरीत र प्रजातन्त्रको धज्जी उठाउने काम भएको उहाँले बताउनुभयो ।

उहाँले एनआरएन अभियानमा जस्ले जित्छ उसले उपविजेतालाई सँगै लिएर जाने परिपाटी अनुसार आफू अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।

 


प्रकाशित | ११ कार्तिक २०८०, शनिबार २१:५४